+
+
Shares

बीपी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २८ गते ८:४८

२८ मंसिर, बनेपा । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको बा ९२प ५१९२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं ३ का २९ वर्षीय प्रकाश दाहालको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो आफैँ अनियन्त्रित भई दुर्घटनामा परेका दाहालको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सोही ठाउँका ३१ वर्षीय नवराज दाहालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । टाउको र खुट्टामा चोट लागेका उनको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?