+

चीनबारे गरिएको टिप्पणीले विवादमा ओजिल

२०७६ मंसिर  २९ गते ११:३२ २०७६ मंसिर २९ गते ११:३२
चीनबारे गरिएको टिप्पणीले विवादमा ओजिल

आर्सनलका मेसुट ओजिल अर्को विवादमा फसेका छन् । उनले उइगर मुस्लिम समुदायप्रति गरिने व्यवहारलाई लिएर गरेको टिप्पणीका कारण उनी विवादमा परेका हुन् ।

यसमा आर्सनल पनि बोलेको छ र उसले ओजिलको टिप्पणीसँग आफ्नो कुनै सम्बन्ध नभएको बताएको छ ।

‘आर्सनल सधैं गैर राजनीतिक संगठन हो’, लण्डनको क्लबले भनेको छ, ‘शुक्रबार मेसुट ओजिलले सामाजिक सञ्जालमा सन्देशहरु राखेपश्चात आर्सनल फुटबल क्लबले ती सबै उनका व्यक्तिगत धारणा हुन् भनेर प्रष्ट पार्नैपर्छ ।’

के भनेका थिए ओजिलले ?

ओजिलले शुक्रबार फेसबुकमा एउटा पोष्ट गरे, जसमा उइगरहरुलाई ‘दमनविरुद्धका लडाकूहरु’ भनिएको छ । र, चीन र यसबारे मौन बसेको भन्दै मुस्लिमहरुको आलोचना गरिएको छ । ओजिल आफैं मुस्लिम समुदायका हुन् ।

चीनले भने उइगर मुस्लिमहरुलाई दुर्व्यवहार नगरेको बताउँदै आएको छ ।

ओजिल यसअघि टर्कीका राष्ट्रपतिसँग खिचाएको तस्वीरलाई लिएर विवादमा परेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय