+

हिमालयन शेर्पा क्लबलाई यति एयरलाइन्सको साथ

२०७६ मंसिर  ३० गते १२:४७ २०७६ मंसिर ३० गते १२:४७
हिमालयन शेर्पा क्लबलाई यति एयरलाइन्सको साथ

३० मंसिर, काठमाडौं । ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबलाई यति एयरलाइन्सले प्रायोजन गरेको छ । यतिले तेस्रो पटक पनि हिमालयनलाई प्रायोजन गरेको हो ।

सोमबार क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पा र यति एयरलाइन्सका तर्फबाट सेल्स एण्ड मार्केटिङ म्यानेजर सरल समशेर जवराले सम्झौतामा हस्ताक्षर गरे ।

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष समेत रहेका हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले तेस्रो  पटक यतिसँग सहकार्य भएको बताउँदै खेलाडीले यो सहकार्यलाई काम राख्न लिगमा राम्रो प्रदर्शन गर्ने बताए ।

सम्झौता एक वर्षको लागि रहेको २० लाखको सम्झौता भएको कर्मा छिरिङले जानकारि दिए । गत वर्ष हिमालयन शेर्पा लिगमा सातौं भएको थियो ।

गत वर्षकै ८० प्रतिशत  खेलाडी यसपटक टिममा रहेकाले राम्रो प्रदर्शन गर्ने क्लबका अध्यक्ष कर्मा शेर्पाले बताए । पहिलेको भन्दा राम्रो नतिजा ल्याउने विश्वास रहेको उनले सुनाए । हिमालयन शेर्पाले यस सिजनको पहिलो खेलमा मंगलबार भोलि पुलिससँग खेल्ने छ।

यस्तै क्बलका प्रशिक्षक सन्जिव बुढाथोकिले यस सिजन क्बलको लक्ष्य शीर्ष चार सम्म रहने बताए ।

खेलाडीको अनुबन्ध १२ महिना नै रहेको क्लबका अध्यक्ष शेर्पाले बताए । क्लबको बजेट यस सिजन ८० देखि ९० लाखसम्म रहको उनले बताए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय