+
+

ट्विटरमा बलिउड कलाकारको चर्को आलोचना

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २ गते १२:०७

नागरिकता संसोधन कानुनलाई लिएर यतिबेला भारतमा विरोध भैरहेको छ । जामिया मिलिया यूनिभर्सिटीका विद्यार्थीहरुले गरेको विरोध प्रदर्शनले यतिबेला भारतको माहोल गर्माएको छ । प्रहरीले विद्यार्थीलाई कुटेको बिषयमा सामाजिक संजालमा चर्को विरोध पनि भैरहेको छ । तर, यो बिषयमा सिंगो बलिउडले नै केही बोलेको छैन ।

बलिउडका कलाकारहरुले यो बिषयमा कुनै आवाज नउठाउँदा यतिबेला सामाजिक संजाल फेरि तातेको छ । बलिउड कलाकारलाई लिएर यतिबेला सामाजिक संजाल प्रयोगकर्ताले ‘लाज मान बलिउड’ भन्दै ट्विट गरिरहेका छन् ।

‘सेमअनबलिउड’ भन्ने ह्यासट्याग अहिले ट्विटरमा ट्रेन्डमा छ । विशेषगरि, बलिउडका तीन खान साहरुख, सलमान र आमिर यो मुद्दामा बढी आलोचित भएको पाइन्छ । चलचित्र प्रमोशनका क्रममा बलिउडका कलाकार विभिन्न कलेजमा पुग्ने गरेको तर सोही कलेजका विद्यार्थीलाई प्रहरीले कुट्दा केही पनि नबोलेको भन्दै आलोचना गरिएको छ ।

तर, कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरुले भने बलिउड कलाकारले यो बिषयमा बोल्दा झनै ठूलो मुद्दा चर्किने भन्दै उनीहरुको बचाउ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?