+

मनमोहन मेमोरियल कप क्रिकेट लिग पुस १५ देखि

२०७६ पुष  ३ गते १४:३१ २०७६ पुष ३ गते १४:३१
मनमोहन मेमोरियल कप क्रिकेट लिग पुस १५ देखि

३ पुस, काठमाडौं । दोस्रो संस्करणको मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय क्रिकेट पुस १५ देखि माघ ४ सम्म सञ्चालन हुने भएको छ ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टर र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा हुने प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा मलेसियाको राष्ट्रिय टिम समेत आउने आयोजकले जनाएको छ ।

नेपालको सात प्रदेशका टिम, तीन विभागीय र आयोजक मनमोहन मेमोरियल क्रिकेट टिमले  लिगमा प्रतिस्पर्धा गर्नेछन् । विजेताले ४ लाख ५ हजार र उपविजेताले २ लाख ५ हजार रुपैयाँ पाउनेछन् ।

खेल सुनसरीको इनरुवा रंगशालाको मैदानमा हुनेछ । सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरेर खेल हुनेछ र चारवटै समूहका विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय