३ पुस, काठमाडौं । दोस्रो संस्करणको मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय क्रिकेट पुस १५ देखि माघ ४ सम्म सञ्चालन हुने भएको छ ।
मनमोहन मेमोरियल क्रिकेट सेन्टर र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा हुने प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा मलेसियाको राष्ट्रिय टिम समेत आउने आयोजकले जनाएको छ ।
नेपालको सात प्रदेशका टिम, तीन विभागीय र आयोजक मनमोहन मेमोरियल क्रिकेट टिमले लिगमा प्रतिस्पर्धा गर्नेछन् । विजेताले ४ लाख ५ हजार र उपविजेताले २ लाख ५ हजार रुपैयाँ पाउनेछन् ।
खेल सुनसरीको इनरुवा रंगशालाको मैदानमा हुनेछ । सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरेर खेल हुनेछ र चारवटै समूहका विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ ।
प्रतिक्रिया 4