+
+

राष्ट्रपतिले नेकपा नेताहरुलाई शीतल निवास बोलाउँदा धुम्बाराहीमा हलचल

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ५ गते २०:०१

५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरुलाई बोलाएर छलफल गरेकी छन् । तर यसले नेकपा स्थायी कमिटी बैठकमा शनिबार निकै ठूलै हलचल मच्चाएको छ ।

राष्ट्रपति भण्डारीले शनिबार बिहान नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुन, जनार्दन शर्मा प्रभाकर, देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, शंकर पोखरेल लगायतलाई बोलाएकी थिइन् । तर नेताहरुले पार्टी अध्यक्षलाई खबर गरेका थिएनन् ।

तर त्यो सूचना प्रचण्डसम्म पुगिसकेको थियो ।

त्यसमाथि धुम्बाराहीमा स्थायी कमिटी बैठक सुरु हुँदा पनि शतिल निवास गएका उनीहरु आइपुगेनन् ।

बैठक चलिरहेका बेला शीतल निवास गएका नेताहरु एकसाथ आएपछि प्रचण्ड कडि्कएका छन् ।

उनले मन्त्रिपरिषद् पुनर्गठन र दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गर्दा पनि आफू र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास जानु कमजोरी भएको स्वीकार गरे । अहिले फेरि पार्टी बैठक चलिरहेका बेला स्थायी कमिटी सदस्यहरुलाई बोलाउँदा नकारात्मक सन्देश जाने भन्दै उनले भने, राष्ट्रपतिले बोलाएपछि नजाने भन्ने त होइन, अध्यक्षलाई जानकारी गराउनुपर्ने विधि पद्धति हो कि होइन ?’

स्थायी कमिटी बैठकमा समेत ढिला आएको भन्दै उनले प्रश्न गरे, ‘के हो, जानकारी दिनु पर्दैन ?’

एक नेताकाअनुसार प्रचण्डले सहजै रुपमा आफू अघिल्लो पटक गएको कमजोरी स्वीकार गरेका थिए र शनिबार गएका नेताहरुलाई पनि आक्रामक रुपमा नै प्रश्न गरेका थिए ।

त्यसपछि नेता प्रदीप ज्ञवालीले आफूहरु पूर्व निर्धारित भेट भएकाले गएको स्पष्टीकरण दिएका थिए । समाजवाद, अर्थतन्त्रबारे नेताहरुको कुरा सुन्न र आफ्ना चासोहरु पनि राख्न राष्ट्रपतिले बोलाएको उनले सुनाए । उनले ९ बजे नै गएको र खाना खाएर जाउँ भन्दा केही ढिला भएको भन्दै सबैको तर्फबाट क्षमायाचना समेत गरेका थिए ।

तर भीम रावल, रघुजी पन्त लगायतका नेताहरुले  प्रश्न उठाए । स्रोतकाअनुसार नेताहरुले राष्ट्रपतिले राजनीति गर्न खोजेको हो ? जे मन लाग्यो त्यही गर्न पाइन्छ भन्दै प्रश्न गरेका थिए ।

त्यसपछि अध्यक्ष प्रचण्डले हस्तक्षेप गरेर राष्ट्रपतिबारे पार्टी बैठकमा छलफल नगरौं भनेर रोकेका थिए । आफूले विधि पद्धतीको कुरा उठाएको र के भएको हो भनेर जान्न चाहेको भन्दै उनले भने, ‘नेताहरुले थाहा दिनुभयो, सकियो । थप छलफल नगरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?