+

मेस्सीले जहाँबाट जहिले पनि गोल गर्न सक्छन् : एरनेस्टो भलभेर्डे

२०७६ पुष  ६ गते १०:२९ २०७६ पुष ६ गते १०:२९
मेस्सीले जहाँबाट जहिले पनि गोल गर्न सक्छन् : एरनेस्टो भलभेर्डे

काठमाडौं । कप्तान लिओनल मेस्सीले नवौं पटक क्यालेन्डर इयमा ५० गोलको कोसेढुङ्गा पूरा गर्दा बार्सिलोनाले शनिबार स्पानिस ला लिगामा एलाभेजलाई ४–१ ले पराजित गरेको छ । यस जितसँगै बार्सिलोनाले वर्ष २०१९ शीर्ष स्थानमा रहेर अन्त्य गर्ने पक्का भएको छ ।

जितपछि बार्सिलोनाको १८ खेलबाट ३९ अंक भएको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडले एथ्लेटिक विल्वाओलाई पराजित गरेपनि बार्सिलोना समान अंक बराबर हुनेछ । तर गोलअन्तरमा बार्सिलोना अगाडि रहनेछ ।

एलेभजविरुद्ध गोल गर्दै ५० गोल पूरा गरेपछि बार्सिलोनाका प्रशिक्षक एरनेस्टो भलभर्डेले मेस्सी टिममा हुनु ठूलो फाइदा रहेको बताए । ‘मेसी हुनु यो एकदमै ठूलो फाइदा हो, उनले जुनसुकै समय जहाँबाट पनि गोल गर्न सक्छन्’, भलभेर्डेले भने ।

३२ वर्षीय मेस्सीले क्लब र देशका लागि गरी पछिल्लो १० मध्ये ९ वर्ष ५० गोल गरेका हुन् ।

क्रिसमस ब्रेकमा जानुअघि मेस्सी ला लिगामा १३ गोलसहित सर्वाधिक गोलकर्तामा अगाडिसमेत रहेका छन् । दोस्रो स्थानमा रहेका रियल मड्रिडका करिम बेन्जामाको १२ गोल रहेको छ ।

बार्सिलोनाको जितमा पहिलो गोल गरेका फ्रेन्च खेलाडी एन्टोनी ग्रीजमनले पनि यस गोलले आफ्नो होलिडे रमाइलो हुने बताए ।

‘होलिडे अगाडि मैले गोल गर्नुपर्ने आवश्यकता थियो, अब म खुशीका साथ होलिडे जान सक्छु’, यसै सिजन क्याटलान क्लब भित्रिएका ग्रिजमनले सातौँ गोल गरेपछि उनले भने, ‘उत्कृष्ट खेलाडीहरू सहित हाम्रो उत्कृष्ट टिम छ र हामी कुनै बेला चलेनौँ भने त्यहाँ सधैँ मेसी हुनेछन् ।’

बार्सिलोनाले ब्रेकपछि नयाँ वर्षको पहिलो खेल २०२० जनवरी ४ मा क्याटलाना प्रतिद्वन्द्वी स्पानयोसँग खेल्नेछ ।

उता रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले यस सिजन ला लिगको उपाधि जित्नलाई बार्सिलोनासँग प्रतिस्पर्धा गर्ने बताएका छन् । रियलले आइतबार एथ्लेटिक विल्वाओसँग खेल्दैछ ।

‘विल्वाओ फरक क्षमताको अर्को प्रतिद्वन्द्वी हो । हामी आफ्नो शक्तिका साथ उनीहरुसँग खेल्नेछौं, यो वर्षको अन्तिम खेल हो’, जिदानले भने, ‘लिग हाम्रो प्राथमिकता हो र हामी यसका लागि सिजनभर फाइट गर्छौं ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०
6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३