+
+
Shares

७ हजार घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टचारको मुद्धा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ७ गते १७:२७

७ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात हजार रुपैयाँ घुस लिएको आरोपमा मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्धा दायर गरेको छ ।

सीआरभी केशलियामार्ग विराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक दाहालले सेवाग्राहीसँग विभिन्न खाद्य सामग्री ढुवानीमा सहजीकरण गरिदिने भन्दै सात हजार रुपैयाँ घुस लिएको अनुसन्धानको क्रममा पाइएपछि मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिइएको टोलीले सेवाग्राहीसँग सात हजार रुपैया घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?