+

शहीद स्मारक ए डिभिजन लिगको दोस्रो चरणमा के-के भयो ?

२०७६ पुष  ८ गते १०:१३ २०७६ पुष ८ गते १०:१३
शहीद स्मारक ए डिभिजन लिगको दोस्रो चरणमा के-के भयो ?

८ पुस, काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब मात्र कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिग २०७६ मा लगातार दुई खेल जित्ने टिम बनेको छ ।

दुई चरणको खेल समाप्त हुँदा मनाङले दुई खेल नै जित्दै उपाधि रक्षा अभियान कायम राखेको छ । मनाङले लगातार दुई जितबाट ६ अंक जोडेको छ भने अंक तालिकामा शीर्ष स्थानमा छ ।

ललितपुरका दुई क्लब थ्री स्टार र जावलाखेल युथ क्लबले दोस्रो चरणमा जित हात पार्दै मनाङलाई पछ्याएका छन् । उता पहिलो चरणमा जित हात पारेको च्यासल युथ क्लब र मछिन्द्र क्लबले दोस्रो चरणमा एकआपसमा बराबरी खेले ।

उपाधि दाबेदार मानिएको विभागीय टोली त्रिभुवन आर्मी दोस्रो चरणमै पराजित भयो । गत वर्षको उपविजेता संकटा क्लबले सुरुको खेल हारेपनि दोस्रो खेल जित्दै पहिलो जित हात पार्‍यो ।

हिमालयन शेर्पा क्लबले लगातार दोस्रो बराबरी खेल्दै एपीएफसँग अंक बाँड्यो । एपीएफको यो पहिलो अंक हो । फ्रेण्ड्स र सरस्वती युथ क्लबले लगातार दुई खेलमा हार बेहोर्‍यो ।

सरस्वतीसँगै कुने बेलाको बाघ मानिने नेपाल पुलिस क्लबले दुई चरण सकिँदासम्म पनि गोलको खाता खोल्न सकेको छैन । पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरी खेलेको पुलिसको १ अंक भने छ । दुई चरणसम्म फ्रेण्ड्स र सरस्वती अंक विहीन छन् ।

दोस्रो चरणमा जित हात पारेका थ्री स्टार र जावलाखेल युथ क्लब अंक तालिकामा पनि अगाडि बढेका छन् ।

विभागीय क्लबहरुका लागि दोस्रो चरणमा राम्रो नतिजा आएन । नेपाल पुलिस र त्रिुभवन आर्मी पराजित हुँदा एपीएफले भने बराबरी खेल्दै एक अंक जोडेको छ ।

दोस्रो चरणको खेलको नतिजा

च्यासल १-१ मच्छिन्द्र

ब्रिगेड २-० फ्रेण्ड्स

सरस्वती युथ क्लब ०-१ जावलाखेल युथ क्लब

संकटा क्लब १-० एनआरटी क्लब

हिमालयन १-१ एपीएफ

आर्मी ०-१ मनाङ

थ्री स्टार १-० पुलिस

दोस्रो चरण तथ्यांकमा

खेल : ७

जित/हार : ५

बराबरी : २

गोलरहित बराबरी : ०

क्लिनसिट : ५ (ब्रिगेड, जावलाखेल, संकटा, मनाङ, थ्री स्टार)

पहेँलो कार्ड : १२

रातो कार्ड : १ (दोहोरो पहेँलो कार्ड)

रातो कार्ड पाउने खेलाडी : सुमन अर्याल (त्रिभुवन आर्मी)

कूल गोल : १०

गोल गर्ने खेलाडी : १०

सन्तोष साहुखल, देवेन्द्र तामाङ, ड्याडी जुनियर बाम्बा, जय गुरुङ, रोसन राना मगर, दिपेश आले मगर, त्रिदेद गुरुङ, प्रविन कुमार स्याङ्तान, दयानन्द सिंह र सुशिल राई ।

दोस्रो चरणपछि समग्रमा तथ्यांक

कूल गोल : २३

गोलकर्ता : १९

पहेँलो कार्ड : ३२

रातो कार्ड : २

दुई खेल जित्ने : मनाङ

दुई खेल हार्ने : फ्रेण्ड्स र सरस्वती क्लब

गोल नगर्ने : नेपाल पुलिस र सरस्वती क्लब

सर्वाधिक गोलकर्ता

सन्तोष साहुखल : ३ गोल

सरोज तामाङ, विमल राना : २-२ गोल

योगेश गुरुङ, दीपक राई, नवयुग श्रष्ठ, दिनेश हेन्जन, शक्ति राई, जुनिएर निकेनगुए, जोर्डन ओवाना, देवेन्द्र तामाङ, ड्याडी जुनियर वाम्बा, जय गुरुङ, रोशन राना मगर, दीपेश आले मगर, त्रिदेद गुरुङ, प्रविन कुमार स्याङ्तान, दयानन्द सिंह, सुशिल राई : १-१ गोल ।

दुई खेलमै क्लिनसिट राख्ने 

प्रिसो निएङ्गा : थ्री स्टार

टेकेन्द्र थापा : जावलाखेल

दीप कार्की : मनाङ

अंक तालिका दोस्रो चरण

क्लब खेल जित हार बराबरी गोल गरेको गोल खाएको गोल अन्तर अंक
मनाङ मर्स्याङदी क्लब ६ =
च्यासल युथ क्लब ४ =
थ्री स्टार क्लब ४ +
जावलाखेल युथ क्लब ४ +
मछिन्द्र क्लब ३* –
त्रिभुवन आर्मी क्लब ३ –
ब्रिगेड ब्वाइज क्लब ३ +
संकटा क्लब -१ ३ +
हिमालयन शेर्पा क्लब २ –
१० एनआरटी क्लब १** –
११ नेपाल पुलिस क्लब -१ १ –
१२ एपीएफ क्लब -२ १ =
१३ फ्रेण्ड्स क्लब -३ ० –
१४ सरस्वती युथ क्लब -५ ० =
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय