Comments Add Comment

सूर्य ग्रहणको बेला गरिएको दान फलदायी हुन्छ ?

अंग्रेजी वर्ष २०१९ को अन्तिम सूर्य ग्रहण २६ दिसेम्बर अर्थात पुस १० गते विहिवार लाग्दैछ । सूर्य र चन्द्र ग्रहणलाई लिएर विभिन्न प्राचिन र धार्मिक तथ्यहरु रहेका छन् । वैज्ञानिक कारणले पनि ग्रहणलाई महत्वपूर्ण मानिन्छ । ग्रहण लागेको समयम के गर्नु हुन्छ र के गर्नु हुन्न भन्ने धेरैलाई थाहा छ भने कतिपयलाई थाहा नहुन पनि सक्छ ।

-ग्रहण लागेको समयमा सम्यम भएर जप-ध्यान गर्नाले धेरै फल प्राप्त हुन्छ ।

-ग्रहणको समयमा भोजन गर्ने व्यक्तिले जति अन्नको दाना खान्छ, त्यति नै वर्ष नर्कमा वास हुन्छ ।

-ग्रहणमा ९ घण्टा अगाडि नै भोजन गर्नु हुँदैन । वृद्ध, बालक र रोगीलेे ग्रहणको दिन साढे ४ घण्टा पहिला खाना खान सक्छन् ।

-ग्रहण लाग्नुअघि जुन पदार्थहरुमा कुश अथवा तुलसीको पात हालिन्छ, त्यो पदार्थ दुषित हुदैन । पाकेको अन्न नखाएर त्यसलाई गाई अथवा कुकुरलाई खान दिनु पर्छ र आफ्नो लागि नयाँ खानेकुरा बनाउनु पर्छ ।

-ग्रहणको प्रारम्भमा तिल अथवा कुश मिश्रति जलको उपयोग पनि अत्यावश्यक परिस्थितिमा मात्र गर्नु पर्छ र ग्रहण शुरु भएदेखि अन्त्यसम्म अन्न अथवा जल खानु हुँदैन ।

-ग्रहण लाग्ने समयमा नुहाउनु पर्छ, ग्रहण मध्य भएको समयमा होम, देव पूजा र श्राद्ध गर्नु पर्छ तथा ग्रहण सकिने समयमा सचेल (वस्त्र सहित) नुहाउनु पर्छ । महिलाहरुले शरीर मात्र नुहाउन पनि सक्छन् ।

-ग्रहण पूर्ण भएपछि जेमा (चन्द्र र सूय) ग्रहण लागेको छ । त्यसको शुद्ध बिम्ब हेरेर मात्र भोजन गर्नु पर्छ ।

-ग्रहण लागेको समयमा स्पर्श गरिएका लुगा आदिलाई शुद्धिकरण गर्नका लागि धुनु पर्छ र आफु पनि लुगा सहित नुहाउनु पर्छ ।

-ग्रहणको समयमा गाईलाई घाँस, पंछीलाई अन्न र आवश्यकता भएकाहरुलाई वस्त्रदान गर्नाले धेरै पुण्य प्राप्त हुन्छ ।

-ग्रहणको दिन पात,  फुल टिप्नु हुँदैन । कपाल र लुगा निचार्नु हुँदैन र दाँत सम्बन्धि कुनै पनि काम गर्नु हुँदैन ।

-ग्रहण लागेको समयमा ताल्चा खोल्ने, सुत्ने, मलमूत्र त्याग्ने, मैथुन र भोजन जस्ता कार्यहरु गर्नु हुँदैन ।

-ग्रहणको समयमा कुनै पनि शुभ अथवा नया कार्य शुरु गर्नु हुँदैन ।

-गर्भवती महिलाले ग्रहण लागेको समयमा विशेष सावधान रहनु पर्छ । ग्रहणमा तीन दिन अथवा एक दिन उपवास बस्ने र नुहाउने, दान दिने गर्नाले पुण्य प्राप्त हुन्छ । तर सन्तान भएका दम्पतीले ग्रहण र संक्रान्तिका दिन उपवास बस्नु हुँदैन ।

-भगवान वेदव्यासले परम हितकारी वचन भनेका छन्-सामान्य दिन भन्दा चन्द्र ग्रहणमा गरिएको पुण्य कर्म (जप,ध्यान,दान आदि) एक लाख गुना फलदायी हुन्छ । त्यस्तै सूर्यग्रहणमा गरेको पुण्य कामहरुको १० लाख गुना फलदायी हुन्छ । यदि तपाई नजिक गंगाजल छ भने त चन्द्र ग्रहणमा १ करोड गुना र सूर्यग्रहणमा १० करोड गुना फलदायी हुन्छ ।

-ग्रहण लागेको समयमा गुरुमन्त्र, ईष्टमन्त्र अथवा भगवन्नाम जप गर्नु पर्छ । जप नगर्नाले मन्त्रमा मलिनता प्राप्त हुन्छ । ग्रहणको समयमा अरु कहाँको अन्न खाँदा १२ बर्षदेखि गरिएको सबै पुण्य नष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment