Comments Add Comment

पाख्रीवासमा कृषि विश्वविद्यालयको आंगिक क्याम्पस भवन बन्दै 

१६ पुस, चितवन । धनकुटाको पाख्रीवासमा कृषि तथा वनविज्ञान विश्वविद्यालयको आंगिक क्याम्पस भवन निर्माण अन्तिम चरणमा पुगेको छ । पाख्रीवास नगरपालिकाका-३ मा तयार हुन लागेको भवनमा फागुनबाट पढाइ सुरु गरिने क्याम्पस प्रमुख सूर्यमणि ढुंगानाले जानकारी दिए ।

झण्डै १ करोड ७६ को लागतमा ४ कोठे दुईवटा लाइट स्ट्रक्चर भवन र दुई कोठे पक्की प्रयोगशाला भवन बनिरहेको क्याम्पस प्रमुख ढुंगानाले जानकारी दिए । प्रशंसा कन्स्ट्रक्सन प्रालिले गत बैशाख महिनामा ठेक्का सम्झौता गरी बनाइरहेको भवनमा चार वर्षे स्नातक तह कृषि संकायका विद्यार्थीलाई अध्यापन गराइने क्याम्पस प्रमुख ढुंगानाले बताए ।

२०७४ सालमा विश्वविद्यालयको कृषि संकायले पाख्रीवासमा आंगिक क्याम्पस सञ्चालन गरेको थियो । नगरपालिकाले उपलब्ध गराएको भवनमा हाल कक्षा सञ्चालन भइरहेको छ ।

क्याम्पस सञ्चालन गर्न स्थानीय वासिन्दा र नगरपालिकाले ११३ रोपनी जग्गा उपलब्ध गराएका छन् ।

क्याम्पसमा पहिलो र दोस्रो वर्षका झण्डै ८४ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । हरेक प्रदेशमा कम्तीमा एक आंगिक क्याम्पस सञ्चालन गर्ने विश्वविद्यालयको नीति अनुरुप पाख्रीवासमा क्याम्पस खोलिएको हो । विश्वविद्यालयले अहिले विभिन्न प्रदेशमा ८ वटा आंगिक क्याम्पस सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment