Comments Add Comment

राष्ट्रियसभा निर्वाचनमा २ हजार ५६ मतदाता

१७ पुस, काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा २ हजार ५६ जना मतदाताले मतदान गर्ने भएका छन् ।

प्रदेशसभा सदस्य ५५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ हजार ५ सय ६ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।

आयोगले बिहीबार सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ ।

नामावलीमाथि दाबीविरोध दिने कार्यक्रम पनि सकिएको छ । प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार शुक्रबार अन्तिम नामावली प्रकाशन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment