+
+
Shares

सिद्धार्थ बैंकको १७ औं वाषिर्कोत्सवमा रक्तदान कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १७ गते १८:०२

१७ पुस, काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो १७ औं वाषिर्कोत्सवको पुस ११ देखि पौष १६ गतेसम्म देशका विभिन्न १० स्थानहरु, विराटनगर, दमक, भरतपुर, जनकपुर, हेटांैडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा सप्ताहव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका उच्च व्यवस्थापन तहका कर्मचारी लगाएत अधिकांश कर्मचारी, ग्राहकवर्ग तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको उक्त रक्तदान कार्यक्रममा ४ सय ९८ जना रक्तदाताहरुले रक्तदान गरे ।
कार्यक्रमबाट देशमा विद्यमान रक्त अभावलाई केहि हदसम्म भए पनि सहज हुने विश्वास बैंकले लिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहाुच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १७८ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ सेवा, १९७ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?