Comments Add Comment

छैटौं श्रेणीको क्लबविरुद्ध मिलानको ९ गोल

काठमाडौं । भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले इटालियन क्लब एसी मिलान पुनारागमनमा गोल गरेका छन् । छैटौं श्रेणीको क्लब रोडेनेस विरुद्ध खेलिएको मैत्रीपूर्ण खेलमा मिलान ९–० ले विजयी भएको हो । जहाँ स्वीडिस खेलाडी इब्राहिमोभिचले एक गोल गर्नुका साथै एक गोलका लागि असिस्टसमेत गरे ।

मिलानको ट्रेनिङ ग्राउण्डमा भएको खेलमा इब्राहिमोभिचले पहिलो हाफ खेलेका थिए । उनले म्याच फिटनेस टेस्ट लागि खेलेका हुन् ।

मिलानका म्यानेजर स्टेफानो पिओलीले इब्राहिमोचिभसहित गोलकिपर जियानलुजी डोनारुम्बा, थियो हर्नान्डेज, गिएकोमो बोनाभेन्टुरा सुसोलगायत खेलाडीलाई खेलाएका थिए ।

३८ वर्षीय फरवार्ड बिहीबारमात्र मिलानमा अनुबन्ध भएका हुन्। उनको सम्झौता यस सिजन बाँकी ६ महिनाको लागि रहेको छ । गत नोभेम्बरमा मेजर सकर लिग क्लब एलए ग्यालेक्सी छाडेपछि फ्रि रहेका इब्राहिमोभिच बाँकी सिजनका लागि पुरानो क्लब फर्केका हुन् ।

उनले यसअघि सन् २०१० देखि २०१२ सम्म मिलानमा खेलेका थिए । स्वीडेनको माल्मोबार करियर सुरु गरेका इब्राहिमोभिचले इटलीका अन्य दुई क्लब युभेन्ट्स र इन्टर मिलानबाट समेत खेलेका छन् । यस्तै नेदरल्याण्ड्सको अयाक्स, स्पेनको बार्सिलोना र इंग्ल्याण्डको म्यानचेष्टर युनाइटेडबाट पनि उनले खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment