
२० पुस, पोखरा । आगामी माघ ९ गते हुने राष्ट्रियसभाको चुनावका लागि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।
केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र प्रदेशसभा सदस्य दिलमाया रोकाको समर्थनमा श्रेष्ठले पोखराबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै नेकपाबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन् । न्यौपानेको प्रस्तावकमा नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ र समर्थकमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ रहेकी छन् ।
श्रेष्ठ र न्याैपानेलाई नेकपाले गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार चयन गरेको थियो ।
दुई वर्षे कार्यकाल सकिन लागेका १९ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन आयाेगले माघ १० गते चुनाव गर्न लागेकाे हाे ।
प्रतिक्रिया 4