+

लिभरपुल र चेल्सी एफए कपको चौथो चरणमा

२०७६ पुष  २१ गते ८:३६ २०७६ पुष २१ गते ८:३६
लिभरपुल र चेल्सी एफए कपको चौथो चरणमा

२१ पुस, काठमाडौं । लिभरपुल र चेल्सी एफए कपको चौथो चरणमा प्रवेश गरेका छन् । गएराति भएको तेस्रो चरणको खेलमा लिभरपुलले एभरटन तथा चेल्सीले नटिङहम फरेस्टलाई पराजित गरेका हुन् ।

एभरटनविरुद्ध दोस्रो रोजाइको टोली मैदान उतारेको लिभरपुलले १-० को जित हात पारेको हो । लिभरपुललाई जित दिलाउन दोस्रो हाफमा कर्टिङ जोन्सले गोल गरे । मर्सिसाइड डर्बीमा उनले ७१औं मिनेटमा डिभोक ओरिगीको पासमा गोल गरेका थिए । सन् १९९९ यता एभरटनले लिभरपुलको मैदान एनफिल्डमा जित हात पार्न सकेको छैन ।

लिभरपुलका म्यानेजर योर्गन क्लोपले प्रिमियर लिगमा शेफिल्डविरुद्ध खेलेको टोलीमा ९ परिवर्तन गरेका थिए । साथै यसै जनवरीमा क्लब भित्रिएका जापानी खेलाडी टाकुनी मिनामिनोले पनि यसै खेलमार्फत रेडका लागि डेब्यु गरे । यसैगरी नाथानियल फिलिप्स र  यासेर लारोउचीले पनि डेब्यु गरे ।

उता चेल्सीले घरेलु मैदानमा नटिङहम फरेस्टलाई २-० ले हरायो । चेल्सीका लागि कलुम हड्सन ओडोइले खेलको छैटौँ मिनेटमै गोल गरेका थिए । यस्तै रोस बार्कलेले ३३औं मिनेटमा गोल गरे ।

अर्को लण्डन क्लब टोटनहम हट्सपर भने मिडल्सब्रोसँग १-१ को बराबरीमा रोकियो । अब यी दुई क्लबबीच रिप्ले म्याच हुनेछ ।

एस्ले फ्लेचरले घरेलु मैदानमा गोल गर्दै मिडलस्ब्रोलाई पहिले अग्रता दिलाएका थिए भने लुकास माउराले टोटनहमका लागि बराबरी गोल फर्काएका थिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय