Comments Add Comment

कोलेस्ट्रोललाई कसरी नियन्त्रण गर्ने ?

सर्वेक्षणकर्ताहरुले गरेका विभिन्न अध्ययनहरुबाट के प्रमाणित भइसकेको छ भने व्यस्त जीवनशैली र काम गर्ने शैलीमा कमी, बढ्दो तनाव, मोटोपना, उच्च रक्तचाप आदि कारणहरुले हाम्रो शरीरमा कोलेस्ट्रोललाई बढाउन सहयोग गर्छ । यदि तपाईंमा पनि त्यस्ता लक्षणहरु छन् भने समयमा नै सावधान हुनुपर्छ । किनभने त्यस्ता कारणहरु हुनुको अर्थ हो कोलेस्ट्रोल हुनु अथवा बढ्नु । त्यसैले तपाईंले समयमा नै कोलेस्ट्रोललाई नियन्त्रणमा राख्नु आवश्यक छ ।

के हो कोलेस्ट्रोल ?

कोलेस्ट्रोल तैलीय पदार्थ जस्तो हुन्छ । जुन शरीरको कोशिकाहरुमा समावेश हुन्छ । कोलेस्ट्रोल तैलीय हुने भएका कारण पानीमा घुल्दैन । तर, लिपो-प्रोटिन (एचडीएल) का कणहरुको रुपमा रक्तप्रवाहद्वारा शरीरको विभिन्न अंगहरुसम्म पुग्छ । यो शरीरका लागि अति नै महत्वपूर्ण हुन्छ । त्यो महत्वपूर्ण हुनुका निम्न कारणहरु छन् ।

-यसले शरीरका विभिन्न हार्मोन्सहरुलाई नियन्त्रित गर्छ ।

-शरीरमा भिटामिन-डीको निर्माण गर्न सहयोग गर्छ ।

कोलेस्ट्रोलको प्रकार

कोलेस्ट्रोल दुई प्रकारका हुन्छन् । राम्रो कोलेस्ट्रोल र खराब कोलेस्ट्रोल । गुड कोलेस्ट्रोलले हामीलाई हृदयघात हुनबाट बचाउँछ । यसले रक्त बाहकबाट कोलेस्ट्रोललाई निकालेर लिभरमा ल्याउने काम गर्छ भने ब्याड कोलेस्ट्रोलले हृदय र दिमागमा जाने रक्त नलीहरुमा बोसो निर्माण गर्छ । बोसो जम्मा हुनाले त्यहाँको रक्तबाहक संकुचित हुन्छ र रगत बग्न अवरुद्ध हुन्छ । जसका कारण हृदय र दिमाग जस्तो महत्वपूर्ण अंगहरुमा रक्त सञ्चार बिस्तारै हुन थाल्छ अथवा रोकिन्छ र मुटु सम्बन्धी रोगहरु हुने खतरा बढ्छ ।

कोलेस्ट्रोल बढ्नुका कारणहरु

-किड्नी, थाइराइड र लिभर सम्बन्धी रोगहरु हुनु ।

-वजन बढ्नुको कारण ट्राइग्लिसराइडको स्तर बढ्नु ।

-शारीरिक गतिविधिहरु कम हुनुको कारण ।

-खानपानमा लापरवाही गर्नाले ।

-अनुवांशिक कारण ।

-बढी मात्रामा धुम्रपान गर्नाले ।

कोलेस्ट्रोल बढ्नाले उत्पन्न हुने खतराहरु

-रक्त बाहक (धमनी) मा कोलेस्ट्रल जम्मा हुादा धमनी साँधुरो हुन्छ । जसका कारण रक्त सञ्चार सही तरिकाले हुन पाउँदैन र हृदयघात हुने सम्भावना हुन्छ ।

-.कोलेस्ट्रल बढ्नाले रक्त प्रवाह आँखासम्म सही तरिकाले पुग्न पाउँदैन । जसले आँखालाई पनि नोक्सानी पुर्‍याउँछ ।

-कुनै स्थितिमा कोलेस्ट्रल बढ्नाले आँखाको सेतो भागमा खरानी रंगको दाग देखिनथाल्छ ।

– कोलेस्ट्रल बढ्दा त्यसले किड्नीमा पनि असर पु-याउन सक्छ ।

यस बाहेक कोलेस्ट्रल बढ्दा

-छाती दुख्नु ।

-काँध र गर्दन सुनिनु र दुख्नु ।

-हात-खुट्टा अचानक दुख्नु ।

-स्वाँ-स्वाँ हुनु र मुटुको धड्कन तीब्र हुनु ।

-वजन बढ्नु, धेरै पसीना आउनु आदिको पनि समस्या हुनसक्छ ।

कोलेस्ट्रल कसरी नियन्त्रण गर्ने ?

-अमेरिकन हार्ट अफ एसोसिएशनका अनुसार ड्राइ फुडमा प्रोटिन, फाइबर, भिटामिन-ई र फ्याटी एसिड धेरै मात्रामा हुन्छ । जसले कोलेस्ट्रललाई कम गर्न सहयोग गर्छ । त्यसैले दिनहुँ आधा मुठ्ठी ड्राई फुड खानु आवश्यक छ ।

-हालसालै भएको एउटा अध्ययन अनुसार लसुनको सेवन गर्नाले रगत जम्ने सम्भावना कम हुन्छ । यसले धमनीहरुमा रगत जम्न दिँदैन । त्यसैले दिनहुँ तीन चार पोटी लसुन खानु आवश्यक छ ।

-लसुन जस्तै पालुङ्गोको सागले पनि धमनीहरुमा रगत जम्न रोक्छ । पालुङ्गोको साग केवल कोलेस्ट्रलका लागि मात्र होइन आँखाका लागि पनि फाइदाजनक हुन्छ ।

-भिटामिन सीले भरपुर अमलाले पनि कोलेस्ट्रोललाई रक्त नलीहरुमा जम्मा हुन दिँदैन ।

-ओटमील, राजमा, सुन्तला, स्याउ र नासपातीमा सोल्युबल फाइबर प्रचुर मात्रामा हुन्छ । जसले कोलेस्ट्रोललाई कम गर्न सहयोग पुर्‍याउँछ ।

-बेसार, मेथीको दाना, भान्टा, सख्खरखण्ड तथा भिन्डीको नियमित सेवनले पनि कोलेस्ट्रोल नियन्त्रित हुन्छ ।

-माछामा अमिनो एसिड र फ्याटी एसिड पर्याप्त मात्रामा हुन्छ । जसले बढेको कोलेस्ट्रोललाई कम गर्छ ।

-एवोकाडोमा भिटा सिटोस्टेरल नामक तत्व हुन्छ । जसले कोलेस्ट्रोललाई नियन्त्रित गर्छ । यसमा मोनोसेचुरेटेड फ्याट पनि पर्याप्त मात्रामा हुन्छ । जसका कारण शरीरमा गुड कोलेस्ट्रोलको स्तर बढ्छ ।

-एरिजोना स्टेट यूनिभर्सिटी पोलिटेक्निक क्याम्पसमा भएको एउटा अध्ययनका अनुसार सिमीको सेवनले पनि कोलेस्ट्रोललाई कम गर्छ । नियमित रुपले सिमी खानाले ब्याड कोलेस्ट्रोललाई करिब ८ प्रतिशत कम हुन्छ । त्यसैले सिमी र राजमा आफ्नो भोजनमा समावेश गर्नु आवश्यक छ ।

-ग्रीन टी पिउनुपर्छ । यसमा त्यस्ता एन्टि-अक्सिडेन्टहरु हुन्छन्, जसले ब्याड कोलेस्ट्रोललाई कम गर्न सहयोग पुर्‍याउँछ ।

-अण्डाको पहेँलो भाग, रातो मासु, तारेका खाना, कि्रम भएका खानेकुरा आदिको सेवन गर्नाले कोलेस्ट्रोल बढ्छ । त्यसैले त्यस्ता खानेकुराबाट टाढा रहनु लाभदायक हुन्छ ।

-तैलीय खानेकुरा खानु हुँदैन । ओयली खानेकुरा खानाले कोलेस्ट्रोल बढ्छ । तर, ओलिभ ओयलको सेवन गर्नाले अन्य तेलहरुको तुलनामा कोलेस्ट्रोलको खतरा ८ प्रतिशत कम हुन सक्छ ।

-भोजनमा धेरैभन्दा धेरै फाइबरयुक्त खानेकुराहरु समावेश गर्नुपर्छ । डेरी प्रोडक्टको सेवन कम गर्नुपर्छ ।

– कोलेस्ट्रोललाई नियन्त्रण गर्नका लागि हप्तामा ६ दिन शारीरिक अभ्यास गर्नु आवश्यक हुन्छ ।

-स्विमिङ, जगिङ, साइकिलिङ र एरोबिक्सले पनि कोलेस्ट्रोललाई नियन्त्रित गर्न सकिन्छ ।

-धुम्रपान गर्नु हुँदैन, धुम्रपानले धमनीहरुलाई नोक्सान पुर्‍याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment