Comments Add Comment

सिटिजन्स बैंकको शाखा रहितबैंकिङ सेवा रौतहटको सन्तपुर दोस्तियामा

३० पुस, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ ।

यसै क्रममा बैंकले रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका -०५ सन्तपुर दोस्तियामा पुस १८ गतेबाट १०३ ओैा शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ ।

ˆmतुवाबिजयपुर नगरपालिकाकी उप-मेयर कान्ती देवी महतोले सो शाखारहित बैंकिङ सेवाको उद्घाटन गरे । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी वृजकिशोर प्रसाद यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंक प्रति उल्लेखनीय विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment