Comments Add Comment

स्पानिस सुपर कप : कर्नरबाट सीधै गोल, भ्यालेन्सियालाई हराउँदै रियल फाइनलमा

२४ पुस, काठमाडौं । रियल मड्रिड यसै सिजनदेखि नयाँ ढाँचामा शुरु भएको स्पानिस सुपरको फाइनलमा प्रवेश गरेको छ । गएराति साउदी अरेबियामा भएको पहिलो सेमिफाइनल खेलमा भ्यालेन्सियालाई ३-१ ले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो ।

यसअघि स्पानिस ला लिगा र कोपा डेल रेको विजेताले सीधै सुपर कपको फाइनल खेल्थे । तर यस पटक गत सिजन ला लिगाको शीर्ष दुई टिम र कोपा डेल रेमा फाइनल पुगेको दुईमा समावेश गर्दै सुपर कप खेलाइएको हो ।

बार्सिलोनाले गत सिजन ला लिगाको उपाधि जितेको थियो भने कोपा डेल रे फाइनल खेलेको थियो । रियल मड्रिड लिगमा तेस्रो भएको थियो । तर बार्सिलोना कोपा डेल रेको पनि फाइनल पुगेकोले ला लिगामा तेस्रो भएको रियलले यस सिजन सुपर कप खेल्ने मौका पाएको हो । यसअघि ला लिगा र कोपा डेल रे  जित्ने टिमले सीधै सुपर कप खेल्दै आएका थिए ।

त्यही अवसरमा रियलले भ्यालेन्सियालाई हरायो । रियलको जितमा टोनी क्रुस, इस्को र लुका मोडरिचले गोल गरे । भ्यालेन्सियाका लागि डानी पारेजोले पेनाल्टीमा एक गोल फर्काए ।

खेलको १५औं मिनेटमा क्रसुले कर्नरबाट सीधै गोल गर्दा रियलले अग्रता लियो ।  ३९औं मिनेटमा इस्कोले अग्रता दोब्बर पारे । दोस्रो हाफमा पनि रियलले एक गोल थप्यो । ६५औं मिनेटमा मोडरिचले रियलका लागि गोल गरे । भ्यालेन्सियाका लागि पारेजोले इन्जुरी टाइममा पेनाल्टीमा गोल गरे ।

रियलले अब बार्सिलोना र एट्लेटिको मड्रिडबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्ने छ ।

हेर्नुहोस् हाइलाइट्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment