Comments Add Comment

‘पर्खी बसेँ २’ निर्माणको घोषणा

गोपीकृष्ण मुभिजले चलचित्र ‘पर्खी बसेँ’को सिरिज बनाउने भएको छ । नायक राजवल्लभ कोइराला र नायिका यूना उप्रेतीको डेब्यू चलचित्र ‘पर्खी बसेँ’ बक्स अफिसमा हिट भएको थियो । अब, यो चलचित्रको सिरिज निर्माण गर्ने निर्णय गोपिकृष्णले गरेकोहो ।

हिमालयन मुभी स्टूडियोसँग सहकार्य गर्दै यो चलचित्र गोपिकृष्णले बनाउन लागेको हो । गोपीकृष्ण मुभिजको तर्फबाट निकिता पौडेल र हिमालयन मुभी स्टूडियोको तर्फबाट विनोद सापकोटाविच बिहिबार संझौता भएको छ । प्रदिप दाहाल र तिर्थ पौडेल यो चलचित्रका सह–निर्माता हुन् ।

‘पर्खी बसेँ’ निर्माण भएको करिब १३ बर्षपछि यो चलचित्रको सिरिज बन्ने भएको हो । यो चलिचत्रलाई सौरभ चौधरीले निर्देशन गर्दैछन् । चलचित्रमा कथा पनि उनकै रहनेछ । सांगीतिक प्रेमकथामा यो चलचित्र बन्नेछ ।

चलचित्रको नेपालभरको वितरण रीच इन्टरटेन्मेन्टले गर्नेछ । गोपीकृष्णको नयाँ चलचित्र ‘माइकल अधिकारी’को छायांकन माघबाट सुरु हुँदैछ । यसपछि, चलचित्र ‘पर्खी बसेँ’को छायांकन सुरु गरिनेछ । चलचित्रका निर्देशक सौरभ चौधरीले यो नामको ब्रान्डलाई कमजोर हुन नदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment