+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

शिक्षककै नक्कली प्रमाणपत्र

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २५ गते १६:०५

२५ पुस, काठमाडौं । श्री जन जौ कुमारी शाही प्राथमिक विद्यालय मनपाङ, तनहुँकी शिक्षिका अनिता पोखरेल वाग्लेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ।

वाग्लेले प्रावि शिक्षक पदमा नियुक्त हुन माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय वाराणसी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको झुट्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको खुलेको हो।

उनले प्राथमिक शिक्षकको रुपमा अस्थायी नियुक्ति लिँदा नक्कली प्रमाणपत्र पेश गरेको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको हो ।

नक्कली प्रमाणपत्र पेश गरी शिक्षण पेशामा संलग्न रहेको भन्ने उजुरीको आधारमा वाग्लेलाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा वाग्लेले नक्कली प्रमाणपत्र पेश गरी २०५६ साल मंसिर १० गते प्राथमिक शिक्षकको रुपमा अस्थायी नियुक्ति लिई २०७५ साल चैत्र ८ गतेसम्म विद्यालयमा कार्यरत रही सार्वजनिक पदको लाभ तथा सुविधा प्राप्त गरेको देखिएकोले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग दाबीसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?