Comments Add Comment

आमाको हातबाट पाक्ने चिकेन ग्रेभी मीठो लाग्छ-दुर्गा खरेल

नेपाली फिल्मको पार्श्व गायनबाट उदाएकी गायिका हुन्, दुर्गा खरेल । सुगम संगीतमा आधारित गीतहरुमा समेत उत्तिकै जमेकी यी गायिकालाई त्यो काले केटाले, छुट्छ कि साथ, तिमी टाढा हुँदा मलाई, भेटेरै सुन्नु छ जस्ता गीतहरु सुन्न सकिन्छ । नयाँ वर्ष २०२० को पूर्व सन्ध्यामा गायिका खरेलले गाएको चलचित्र लभ डाइरिजको गीत ‘छम छम…’ अहिले चर्चामा छ । उनै गायिका खरेलसँग अनलाइनखबरका लागि अरुणा भट्टराईले गरेको कुराकानी :

अहिले के गर्दै हुनुहुन्छ ?

अहिले म नयाँ-नयाँ गीतहरुको अडियो तथा भिडियोको काममा व्यस्त छुु ।

जाडो बढेको छ, यो मौसमले कत्तिको सताएको छ ?

पहिलो कुरा त जाडोमा त्यस्तो विशेष केही काम गर्ने जाँगर नै हुँदैन । तर, पनि जाडोमा सक्रिय नहुने हो भने स्व्ाास्थको हिसाबले राम्रो मानिँदैन । त्यसैले बिहान उठेर योगा गर्छु । काठमाडौंमा आमासँगै बस्ने भएकाले आमालाई घरको कामकाजमा सहयोग गर्छु र दिउँसो गीत-संगीत कामका लागि अफिस जान्छु । जाडो छ भनेर गुनासो गर्दिन ।

जाडो मौसम गायक-गायिकाहरुका लागि कत्तिको असहज हुन्छ ?

चिसोबाट बचाउन सकियो भने जाडोमा गला झन् सहज हुन्छ जस्तो लाग्छ ।

जाडोबाट बच्न के-के उपायहरु अपनाउनु हुन्छ ?

जाडोमा आफूलाई फिट राख्नका लागि खानपान, पहिरन तथा बस्ने कुरामा ध्यान दिन्छु । त्यसो गर्दा जाडोबाट सजिलै बच्न सकिन्छ ।

आफूलाई फिट राख्न के-के गर्नुहुन्छ ?

आफूलाई फिट राख्नका लागि बिहान जिम पनि जाने गरेको छु । तर, अहिले जाडोले गर्दा एक महिना भयो जिम गएको छैन । जाडो कम भएपछि पुनः जिम जाने योजना छ ।

कस्तो खानपान गर्नुहुन्छ ?

म त्यस्ता खानेकुरा एकदम नै थोरै खान्छु जुन खाने कुरामा चिल्लोपना र कार्बोहाइटेड धेरै हुन्छ । म सकेसम्म स्वास्थ्यवर्द्धक खानेकुरा नै बढी खान्छु ।

त्यस्तो खाना जसलाई देखेपछि आफूलाई कन्ट्रोल गर्न सक्नुहुन्न ?

मलाई आमाले पकाउनु भएको चिकेनको गे्रभी अति नै मीठो लाग्छ । आमाले पकाएको चिकेन देखेपछि म आफूलाई नियन्त्रण गर्न नै सक्दिन ।

तपाईंको दैनिकी कसरी बित्छ ? बिहान उठेदेखि राति सुत्ने बेलासम्म ?

मेरो बिहानको सुरुवात योगाबाट हुन्छ । त्यसपछि म संगीत रियाज गर्छु । केही समय गीत-संगीतमा लागेपछि आमालाई भान्छाको काममा सघाउँछु । खाना खाएर गीत-संगीतको कामका लागि बाहिर निस्कन्छु । दिनभरी सांगीतिक काममा सक्रिय भएर साँझ ६ बजेसम्ममा घर फर्किन्छु ।

जाडोमा कस्ता पहिरनमा आफूलाई फेसनेवल भएको अनुभव गर्नुहुन्छ ?

म जाडो होस् कि गर्मी, आफूलाई धेरै डम्म हुने पहिरनभन्दा अलि पातलो, फिटिङ र स्टाइलिस डिजाइनहरुका पहिरन लगाउन मनपर्छ । मलाई त्यस्तो पहिरनमा आफू फेसनेवल भएको महसुस हुन्छ ।

कस्तो मेकअप गर्दा आफूलाई सुन्दर भएको अनुभव हुन्छ ?

मेकअप गर्दा समय र अवसरलाई ध्यान दिन्छु । यसको साथै आफ्नो छाला सुहाउँदो मेकअप गर्न मन पराउँछु । व्युटिपार्लर महिनामा दुई पटक जान्छु ।

मंसिर त बितिसक्यो, यो साल बिहे गर्ने योजना के छ ?

अहिले विवाहको बारेमा त्यस्तो कुनै योजना छैन । विवाह कहिले गर्ने भन्ने कुरा सोचेको पनि छैन । तर, कुनै न कुनै दिन अवश्य हुनेछ भन्ने कुरामा ढुक्क छु ।

तपाईंको भावी श्रीमान्मा कुन-कुन गुण होस् भन्ने चाहनुहुन्छ ?

मेरो भावी श्रीमान्मा मलाई माया गर्ने बुझ्ने जस्ता साधारण खालका गुणहरु भए पुग्छ ।

त्यस्तो तीन कुरा जुन तपाईंको श्रीमानमा हुनु नै पर्छ ?

मेरो भावी श्रीमानमा मलाई माया गर्ने, स्वभिमानी र स्मार्ट चाहिँ हुनुपर्छ । यदि मेरो भावी श्रीमानमा यी कुराहरु भयो भने मलाई अरु केही चाहिँदैन ।

प्रेम विवाह गर्ने कि मागी विवाह ?

विवाह भन्ने कुरा हाम्रो हातमा हुँदैन । यो त भाग्यमा निर्भर हुन्छ भन्छन् । मेरो भाग्यमा पनि के छ, त्यो समयले नै बताउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment