Comments Add Comment

असफलतासँग किन डराउने ?

एक जना बुद्धिमान व्यक्तिले एउटा कार्यक्रमको आयोजना गरे । उक्त कार्यक्रममा ती व्यक्तिले जीवनमा दुःखहरुबाट कसरी छुटकारा पाउने भन्ने बारेमा बताउन लागेका थिए । उनका कुरा सुन्न मानिसहरु भेला भएका थिए । ती व्यक्ति कोठामा प्रवेश गरे । उनले भिडलाई एउटा चुट्किला सुनाए । सबै मानिसहरु उनको चुटि्कला सुनेर मज्जाले हाँसे ।

एक-दुई मिनेटपछि ती व्यक्तिले मानिसहरुलाई फेरी त्यहि चुटि्कला सुनाए, तर केही व्यक्तिहरु मात्र चुटि्कला सुनेर हाँसे । त्यस्तै उनले तेस्रो पटक पनि त्यहि चुटि्कला भने तर त्यहाँ भेला भएका कोही पनि हाँसेनन् ।

बुद्धिमान व्यक्तिले हाँस्दै भने-‘जब तपाईं एउटै चुटि्कलामा बारम्बार हाँस्न सक्नु हुन्न भने तपाईं आफ्नो असफलताको बारेमा सोचेर बारम्बार किन रुनु हुन्छ ?’

असफलता जीवनको एउटा वास्तविकता हो, जसको सामना सबै मानिसले आफ्नो जीवनमा गर्नै पर्छ । यसबाट कोहि पनि भाग्न सक्दैन ।

अल्बर्ट आइन्स्टाइनका अनुसार यदि कुनै व्यक्ति कहिल्यै असफल भएको छैन भने त्यसको अर्थ उसले आफ्नो जीवनमा कहिले केही नयाँ गर्ने कोशिश गरेको छैन ।

यदि तपाईं असफल हुनु भएको छैन भने त्यसको अर्थ तपाईं आफ्नो जीवनमा चुनौति उठाउन डराउनु हुन्छ । तपाईंको जीवनको सबैभन्दा ठूलो चुनौती भनेको तपाईंले कुनै पनि चुनौती नलिनु हो । कुनै पनि व्यक्ति चुनौति नउठाइ इतिहास विकसित गरेको छैन । त्यसैले तपाईंले पनि जीवनमा जोखिम त लिनै पर्छ ।

त्यसैले जीवनमा अगाडि बढ्नका लागि चुनौतीहरुलाई स्वीकार गर्नु पर्छ । यदि तपाईं केही कुरालाई गहिरिएर विचार गर्नु भयो भने तपाईं सजिलैसंग आफ्नो असफलतालाई सफलतामा परिर्वतन गर्न सक्नु हुन्छ ।

आफ्नो असफलताहरुबाट सिक्नु पर्छ

तपाईं असफल हुनु ठुलो कुरा होइन तर तपाईंले आफ्नो असफलताबाट के सिक्नु भयो भन्ने महत्वपूर्ण कुरा हो । थमस अल्वा एडिशन बाल्यवस्थाबाट नै हरेक प्रयोगमा असफल हुन्थे । ९ हजार ९ सय ९९ वटा प्रयोग गरेपछि उनले विद्युतिय बल्ब बनाए । उनी हरेक प्रयोग असफल हुँदा आफु असफल भए भनेर कहिल्यै सोच्दैन थिए । उनी आफ्ना हरेक असफलताबाट के सिकें भन्ने सोच्थे ।

असफलता कुनै समस्या होइन तर आफ्नो असफलताहरुबाट केही नसिक्नु ठूलो समस्या हो । समस्या समस्यामा हुँदैन, समस्यालाई समस्या नसम्झनु एउटा ठूलो समस्या हो ।

हामी प्रायः आफ्नो असफलताहरुलाई स्वीकार गर्न डराउँछौ र आफु स्वयंलाई विभिन्न वाहाना बनाएर सम्झाउन थाल्छौं । आफ्नो असफलताका लागि अरुलाई दोषि ठहर्‍याउँछौं ।

मानिससंग आफु असफल हुनुको विभिन्न कारणहरु छन् भन्छन् । कोहि मसंग पैसा थिएन भन्छन्, कोहि मसंग शक्ति थिएन भन्छन्, कोहि मसंग अवसर थिएन भन्छन् । तपाइसंग साधन छैन, त्यो ठिक हो तर तपाईंसंग साधन जुटाउने क्षमता छ भने तपाईंलाई कसैले रोक्न सक्दैन ।

आफ्नो असफलताको बहाना खोज्नु हुँदैन किनभने त्यसले केही समयका लागि त तपाईंको मन बुझाउँछ तर त्यसले तपाईंलाई तपाईंको सफलताबाट धेरै टाढा पनि गराउन सक्छ । तपाईं जुन समयमा आफ्नो असफलतालाई मनबाट स्वीकार गर्नु हुन्छ र आफ्नो व्यक्तिगत विकासका लागि यसको महत्व बुझ्नु हुन्छ, त्यहि क्षणबाट तपाईं सफलतामा पहिलो पाइला राख्नु हुन्छ ।

आफैंलाई सोध्नु पर्छ

तपाईं आफुले आफैंसंग कसरी कुरा गर्नु हुन्छ भन्ने कुरामा सावधान हुनु होस्, किनभने तपाईंले आफुले बोलेको सुनिरहनु भएको छ । आफुले  स्वयंलाई म असफल किन हुन्छु ? भनेर कहिल्यै सुध्नु हुँदैन ।

मैले आफ्नो त्यस्तो कुन शक्तिलाई अहिलेसम्म प्रयोग गरेको छैन भनेर सोध्नु पर्छ । यदि तपाईंले आफ्नो समस्त ध्यान आफ्ना कठिनाईहरुमा  केन्दि्रत गर्नु भयो भने कुनै पनि कुरामा तपाई सफल हुने सम्भावना पनि सकिन्छ ।

असफलताबाट डराउनु हुँदैन

सफलता प्राप्त नहुने प्रमुख कारण भनेको तपाईंमा कुनै पनि काममा असफल हुने डर हुनु हो । यदि एक पटक तपाईंले आफुले यो कुरा गर्न सक्दिन भन्ने मान्नु भयो भने तपाईं आफ्नो भित्रि मनबाट प्रयत्न गर्न सक्नु हुन्न र बारम्बार असफल हुनु हुन्छ र यहि डर तपाईंमा हावी हुन्छ ।

क्यान्सर जस्तो रोग एक पटक ठीक हुन सक्छ तर तपाईंको सोचलाई कुनै बाहिरी व्यक्तिले ठीक गर्न सक्दैन । असफल हुँदा तपाईं अझ बलीयो बन्नु हुन्छ र तपाईंलाई आफ्नो लक्ष्य अझ स्पष्ट भएको पाउनु हुन्छ ।

लक्ष्य बनाउनु पर्छ

यदि तपाईंलाई सफलता प्राप्त गर्नु छ भने तपाईले आफ्नो कुनै एउटा लक्ष्य निर्धारित गर्नु पर्छ । आफ्नो लक्ष्यमा हर सम्भव मेहनत गर्नु पर्छ । धेरै कामहरु एकै पटक गर्नु पर्दैन । त्यो कुरा गर्नु पर्छ, जुन सही हुन्छ  । केवल सजिलो कुरा मात्र गर्न खोज्नु हुँदैन ।

इच्छा शक्ति  बढाउनु पर्छ

इच्छा शक्ति जगाउनु पर्छ साथै आफ्नो भावनात्मक भावनालाई पनि जगाउनु पर्छ, किनभने भावनात्मक भावना बिना वील पावर अधुरो हुन्छ । वील पावरको अर्थ मैले यो गर्नु नै पर्छ र वील पावरसंगै भावनात्मक भावनाको अर्थ मलाई यो चाहियो चाहियो भन्ने हो । जब कुनै काममा तपाईं भावनात्मक भावना जोडियो भने त्यो काम तपाईंका लागि सजिलो हुन्छ ।

सफल ब्यक्तिको सफलताबाट मात्र होइन असफलताहरुबाट शिक्षा लिनु पर्छ

प्रायः मानिसहरु आफ्नो तुलना अरुसंग गर्छन् । उनीहरु अरुको सफलता देखेर आफु उनीहरु जस्तो सफल किन नभएको होला ? भनेर सोच्छौं । एउटा सफल व्यक्तिले पनि आफ्नो जीवनमा विभिन्न असफलताहरुको सामना गरेको होला भन्ने कुरा उनीहरुलाई सायदै थाहा होला ।

यदि तपाईंलाई आफ्नो जीवनमा तिव्र रुपमा सफलता प्राप्त गर्नु छ भने सफलताको कथाहरु नपढ्नुहोस् । यदि कथा नै पढ्ने हो भने असफलताको कथाहरु पढ्नु होस्, जसले तपाईंलाई तपाईं भित्रको कमी-कमजोरीका  बारेमा थाहा हुन्छ र राम्रोसंग आफ्नो कमीलाई सुर्धान सक्नु हुन्छ ।

जति छिट्टो हामीले आफ्नो असफलताहरुबाट डराउन छाड्छौं र त्यसबाट केहि सिक्न थाल्छौं, त्यति नै सहज तरिकाले हामी सफलताको भर्‍याङ चढ्न थाल्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment