Comments Add Comment

क्लब भलिबल च्याम्पियनसिपमा आर्मी र एपीएफ क्लबको विजयी सुरुवात

३ माघ, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी र एपीएफले पाँचौं एनभीए महिला/पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी शुरुवात गरेका छन् ।

नेपाल भलिबल संघको आयोजनामा शुक्रबारदेखि सुरु च्याम्पियनसिपमा पुरुषतर्फ दुवै विभागीय टोली विजयी भएका हुन् ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको समूह ए अन्तर्गत पहिलो खेलमा आर्मीले आरजीजीलाई २५-९, २५-१६, २५-९ ले पराजित गरेको हो ।

यस्तै समूह बी अन्तर्गत एपीएफले पहिलो सेट हारेर पनि बुबलबुले रारा क्लबलाई ३-१ सेटमा पराजित गर्‍यो ।

प्रतिस्पर्धात्मक पहिलो सेट बुलबुलेले २५-२३ ले जितेको थियो । त्यसपछि पुनरागमन गर्दै एपिएफले २५-१२, २५-२०, २५-१८ ले लगातार तीन सेट जित्दै खेल जितेको हो ।

महिलातर्फ न्यू डायमण्डको विजयी

यसैगरी महिलातर्फ शुक्रबार भएको एक मात्र खेलमा न्यु डायमण्डले जीत हात पारेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा डायमण्डले पुलिसलाई ३-२ को सेटमा हरायो । दुई पटक पछि परेर पनि डायमण्डले उत्कृष्ट पुनरागमन गर्दै जीत हात पारेको हो ।

पहिलो सेट २५-१७ ले जित्दै पुलिसले खेलमा १-० को अग्रता बनाएको थियो । डायमण्डले पुनरागमन गर्दै दोस्रो सेट २५-१८ ले जित्यो । प्रतिस्पर्धात्मक तेस्रो सेट २५-२३ ले जित्दै पुलिसले फेरि अग्रता लियो । तर चौथो सेट डायमण्डले २५-१८ ले जित्दै खेललाई अन्तिम सेटसम्म पुर्‍यायो ।

निर्णायक सेट १५-११ ले जित्दै डायमण्डले खेल जितेको हो । च्याम्पियनसिपमा शनिबार पुरुष र महिलाको २-२ खेल हुनेछ ।

माघ १० गतेसम्म सञ्चाला हुने च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ ७ टिमको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment