+

म्यानचेष्टर युनाइटेडको नयाँ कप्तान मागुइर

२०७६ माघ  ३ गते २१:०७ २०७६ माघ ३ गते २१:०७
म्यानचेष्टर युनाइटेडको नयाँ कप्तान मागुइर

काठमाडौं । लेस्टर सिटी छाडेर म्यानचेष्टर युनाइटेड गएको पाँच महिनामा नै हृयारी मागुइरले कप्तानको जिम्मेवारी पाएका छन् । उनले एस्ले योङको स्थान लिएका हुन्, जो ओल्ड ट्रार्फड छाडेर इन्टर मिलान जाने संघारमा छन् ।

गत अगष्टमा ८० मिलियन युरोमा युनाइटेड गएका २६ वर्षका मागुइरले क्लबका लागि २९ खेल खेलेका छन् । ‘उनको हरेक कुराले उनी नेता हुन् भन्ने बतायो’ प्रशिक्षक ओले गुनर सोल्सायरले भनेका छन् ।

यो सिजन योङ अनुपस्थित भएको खेलमा मार्कार रासर्फड, डेभिड डि जिया र जेसी लिङगार्डले कप्तानको भूमिका निभाएका थिए ।

प्रशिक्षक सोल्सायरले योङले क्लब छाड्ने यो उपयुक्त समय भएको समेत बताएका छन् । २०११ मा एस्टनभिल्लाबाट आएका ३४ वर्षका उनले क्लबबाट २६१ खेल खेलेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय