
७ माघ, काठमाडौं । मकवानपुरको एक होटलमा ८ भारतीय पर्यटक बेहोस अवस्थामा भेटिएका छन् । बेहोस भेटिएपछि उनीहरूलाई कैलाश एयरको हेलिकाेप्टरबाट काठमाडौं ल्याइएको छ ।
इलाका प्रहरी कार्यालय, पालुङका प्रहरी निरीक्षक विकास तामाङका अनुसार थाहा नगरपालिका-४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बसेका ८ भारतीय पर्यटकको मंगलबार बिहान उद्धार गरिएको हो ।
नेपाल घुम्न आएका ४ पुरुष र ४ महिला होटलमा बेहोस भेटिएको भेटिएका थिए । प्रहरीका अनुसार, बेहोस सबैलाई उपचारका लागि काठमाडौंकाे हेम्स अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।
नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए ।
प्रहरीका अनुसार, उनीहरू ग्यास हिटर बालेर सुतेका थिए । यसकै कारण उनीहरू बेहोस भएको हुनसक्ने आशंका प्रहरीको छ ।
यद्यपि, पुष्टि भइनसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4