+
+
Shares

हरिवंश र टिकाको ‘माकुरीको जालमा परेर’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १२ गते १३:०६

कलाकार तथा गायक हरिवंश आचार्य र गायिका टिका प्रसाँइको स्वरमा ‘म त फसेँ माकुरीको जालमा परेर’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ ।

हरिशरण सायमीको संगीत रहेको गीतमा हिरण्य भोजपुरेको शब्द छ । यो गीतको भिडियोमा हरिवंश आचार्य, आरध्या लक्ष्मी खड्गी र टिका प्रसाँइलाई नै फिचरिङ गरिएको छ ।

‘बुढो हुन मन छैन’ बोलको गीत हिट भएपछि हरिवंशले यो गीत सार्वजनिक गरेका हुन् । आरध्या लक्ष्मी खड्गीको निर्देशनमा तयार भएको यो भिडियोमा सोहन मानन्धरको छायांकन तथा सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?