+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

उपसभामुखबारे नेकपासँग कुरा भएको छैन : राजपा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १२ गते १६:२८

१२ माघ, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले उपसभामुखको विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँग छलफल नभएको बताएको छ ।

आइतबार सभामुख निर्वाचित भएपछि संसदमा पत्रकारसँग प्रतिक्रिया दिँदै राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले उपसभामुखको विषयमा अहिलेसम्म सहमति नभएको बताए । उपसभामुखको विषयमा नेकपासँग छलफल त भएको होला नि भन्ने पत्रकारको प्रश्नमा महतोले भने ‘अहिलेसम्म केही कुरा भएको छैन ।’

नेकपासँग बहुमत रहेकाले उसले जुन पार्टीलाई प्रस्ताव गर्छ उसैले उपसभामुख पाउने उनको भनाइ छ । ‘फरक पार्टी फरक लिंगलाई दिनुपर्ने हो । उहाँहरुको बहुमत छ, जुन पार्टीलाई प्रस्ताव गनुहुन्छ सो पार्टीको पाउँछ’ उनले भने ।

आफूहरुले उपसभामुखका लागि दावी नगरेको महतोले जिकिर गरे । उनले अन्तिममा भने ‘दियो भने त ठीकै छ धन्यवाद दिउँला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?