+

रोहित चन्द २ वर्ष पर्सिजामै रहने

२०७६ माघ  १५ गते १६:२२ २०७६ माघ १५ गते १६:२२
रोहित चन्द २ वर्ष पर्सिजामै रहने

१५ माघ, काठमाडौं । नेपाली फुटबलर रोहित चन्द थप दुई वर्ष इन्डोनेसियाको पर्सिजा जाकार्ताबाटै खेल्ने भएका छन् । बुधबार क्लबसंग उनले २ वर्षको सम्झौता नवीकरण गरे ।

गत सिजन सकिएपछि रोहित नेपाल आएका थिए । उनी गत साता अष्ट्रेलिया हुँदै इन्डोनेसिया पुगेका हुन् । त्यहाँ पुगेर उनले प्रशिक्षणसमेत थालेका छन् । रोहितले सन् २०१३ मा पहिलो पटक पर्सिजाबाट ब्यवसायिक फुटबल खेलेका थिए ।

सन् २०१८ मा पर्सिजाले लिग जित्दा रोहित उत्कृष्ट खेलाडी चयन भएका थिए । बीचमा २०१५ मा मलेसियाको टीटिम एफसीमा अनुबन्ध भए पनि चोटका कारण खेल्न पाएनन् । २०१७ मा उनी पुन: इनेसियाको पर्सिजा गएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय