+

क्रिस गेल पनि ईपीएल खेल्न नेपाल आउने

२०७६ माघ  १६ गते १५:२६ २०७६ माघ १६ गते १५:२६
क्रिस गेल पनि ईपीएल खेल्न नेपाल आउने

काठमाडौं । क्रिस्टोफर हेनरी गेल (क्रिस गेल)ले नेपालमा क्रिकेट खेल्ने भएका छन् । वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान अनि टि-२० का लिजेण्ड गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका हुन् ।

उनले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् । बिहिबार पोखरा राइनोजले पत्रकार सम्मेलन गर्दै गेलले खेल्ने जानकारी गराएको हो ।

गत सिजन पोखराबाट दक्षिण अफ्रिकाका रिचर्ड लेभीले खेलेका थिए । यसअघि नै भैरहवा ग्लाडिएटर्सले वेष्ट इन्डिजका ड्वाने स्मिथलाई अनुबन्ध गरिसकेको छ ।

यस्तै साविक विजेता ललितपुर प्याट्रिओट्सले श्रीलंकन उपुल थरंगा र चितवन टाईगर्सले अफगानिस्ताका मोहमद शाहजादलाई अनुबन्ध गरिसकेको छ ।

ईपीएलको सफलताले गर्दा नै क्रिस गेललाई अनुबन्ध गर्न सफल भएको पोखरा राइनोजका मालिक दीपा अग्रवालले बताइन् । यो सारा नेपालीको लागि खुशीको कुरा भएको उनको भनाइ छ ।

गेललाई कन्भिन्स गर्न ६-७ महिना लागेको ईपीएलका म्यानेजिङ डाइरेक्टर आमिर अख्तरले बताए । गेललाई हेर्न सबै नेपाल नै लालायित भएको उनको भनाइ छ ।

तर, गेलले कति म्याच खेल्ने भन्ने पक्का भइसकेको छैन । उनले भनेका छन्, ‘आईपीएल खेल्न जानुपर्छ त्यसका लागि कहिले जान्छु, त्यही अनुसार नेपालमा कति समय बस्ने फिक्स्ड हुन्छ ।’

 

 

ईपीएल क्रिस गेल नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय