+

ए डिभिजन लिगमा राजेशको दुई गोलले एनआरटी विजयी

२०७६ माघ  १६ गते १७:०२ २०७६ माघ १६ गते १७:०२
ए डिभिजन लिगमा राजेशको दुई गोलले एनआरटी विजयी

काठमाडौं । राजेश परियारले दुई गोल गरेपछि एनआरटीले सहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाईज क्लबलाई पराजित गरेको छ । बिहीबार दशरथ रंगशालामा भएको नवौं चरणको अन्तिम खेलमा एनआरटीले ब्रिगेडलाई २-० ले पराजित गरेको हो ।

राजेशले खेलको दुवै हाफमा एक-एक गोल गरेका थिए । ३२औं मिनेटमा राजेश परियारले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा राजेशले नै गोल गर्दै एनआरटीको अग्रता दोब्बर पारे ।

राजेश पहिलो हाफको २२औं मिनेटमा किसन कुमारको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले दोस्रो हाफमा मैदान छाडेका थिए । ६२औं मिनेटमा ब्रिगेडले गोल अन्तर कम पार्ने अवसर गुमायो । कप्तान अनिल गुरुङले हानेको पेनाल्टी एनआरटीका गोलकिपर अजित प्रजापतिले बचाए ।

एनआरटीका कप्तान बिक्रम धिमालले पेनाल्टी एरियामा ह्याण्ड गरेपछि ब्रिगेडले पेनाल्टी पाएको थियो । जितपछि ९ खेलबाट १५ अंक जोड्दै एनआरटी अंक तालिकामा चौथो स्थानमा उक्लेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय