+
+

भन्सारका नायब सुब्बा डेढ लाख घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २१ गते ७:१६

२१ माघ, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधाम भन्सार कार्यालयबाट एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

भन्सार कार्यालयमा कार्यरत नायव सुब्बा अहमद रज्जा अन्सारीलाई सोमबार साँझ सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट आएको टोलीले उनलाई जनकपुरधामको पिडारी चोकबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?