Comments Add Comment

‘ए’ डिभिजन लिगमा आज दशौं चरणको अन्तिम खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दशौं चरणको अन्तिम खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिउँसो ३ बजे हुने खेलमा एनआरटी र फ्रेण्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

९ खेलबाट १५ अंक जोडेको एनआरटी अंक तालिकामा सातौं स्थानमा छ । समान अंक भए पनि संकटा र जावालखेलभन्दा एनआरटी गोलअन्तरमा पछाडि छ । ९ खेलबाट ११ अंकसहित फ्रेण्ड्स १०औं स्थानमा छ ।

फ्रेण्ड्सलाई पराजित गर्न सके एनआरटी १० अंक जोड्दै चौथो स्थानमा उक्लेन छ । उता फ्रेण्ड्स विजयी भएमा अंक तालिकामा च्यासललाई पछि पार्नेछ ।

गत सिजन नन रेलिगेसन लिगमा अन्तिम भएको एनआरटीले यस सिजन २ अंक सुरुमै ऋण तिरेको थियो। त्यसैले ९ खेलबाट १७ अंक जोडे पनि २ अंक घटाइएको छ एनआरटीले यस सिजन ५ खेल जित्दा २ खेल बराबरी खेलेको छ। २ खेलमा भने एनआरटी पराजित भएको थियो । यस्तै, फ्रेण्ड्सले ३ जित २ बराबरी र ४ हारको नतिजा आत्मसाथ गरेको छ ।

एनआरटी र फ्रेण्ड्सबीचको खेलपछि लिगमा दशौं चरणका सबै खेल सकिनेछन् । १० खेलबाट २३ अंकसहित विभागीय टोली त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ । समान खेलबाट २२ अंकसहित मछिन्द्र क्लब दोस्रो स्थानमा छ । यी दुई क्लब उपाधि होडमा अगाडि छन् । सोमबार भएको खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब च्यासल युथ क्लबसँग पराजित भएपछि आर्मी र मछिन्द्रलाई फाइदा पुगेको छ । १० खेलबाट १९ अंकसहित मनाङ तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment