+
+

मेयरमाथि आक्रमण गरेको आरोपमा तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २३ गते २०:१७
मेयर शिवनारायण साह

२३ माघ, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयरमाथि हमला गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहमाथि आक्रमण गरेको आरोपमा तीन जनालाई पक्राउ गर्दै पाँच जनाविरुद्व मुद्दा दर्ता गरिएको छ ।

डाक्नेश्वरी नगरपालिका ५ का अमरेन्द्र यादव र अर्जुन कुमार यादव तथा वडा नम्बर ३ का राजीव रायलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले जानकारी दिए ।

प्रहरीले मेयरमाथि आक्रमण गर्ने पाँच जनाविरुद्व मुद्दा दायर गरेको छ । दुई जना फरार भएको र उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मेयरमाथि हमला गर्ने पाँच जनाविरुद्व अपमानजनक अमान्य व्यवहार शीर्षकमा मुद्दा दायर गरेको छ ।

मेयर साहमाथि भएको हमलाको बिरोध गर्दै दोषीमाथि कारबाही गर्न भन्दै बिहीबार जिल्लाको सबै स्थानीय तह बन्द गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?