+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

अख्तियारमा धर्ना दिने साझा पार्टीका नेताहरु पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २४ गते ११:५१

२४ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका साझा पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई उन्मुक्ति दिएको भन्दै  बिहान ११ बजे साझाले अख्तियारमा धर्ना दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित केही पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

सोही मुद्दा दर्ता गर्नु स्वागतयोग्य भएको भन्दै अख्तियारका प्रमुख आयुक्तलाई गुलाबको फूल उपहार दिन खोज्दा पार्टीका नेता तथा कार्यकर्ता नियन्त्रणमा लिइएको साझाले बताएको छ ।

‘आज विहान ११ बजे अख्तियार पुगेका साझा पार्टीका नेता तथा शुभेच्छुकहरूले अख्तियारले बालुवाटार प्रकरणमा १७५ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गर्नु स्वागतयोग्य भएको भन्दै अख्तियार प्रमुखलाई ‘गुलाफको फूल’ उपहार दिन प्रयास गरेका थिए, जुन सफल हुन सकेन,’ विज्ञप्तिमार्फत साझाले भनेको छ ।

तर, मुद्दा दर्ता गर्दा केहीलाई उन्मुक्ति दिइएको भन्दै साझाले आपत्ति जनाएको छ । त्यसकै बिरोधमा सिठ्ठी जुलुसको तयारी गरेका बेला उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई तत्काल रिहा गर्न साझाले माग गरेको छ ।

सत्तारुढ पार्टी निकटका व्यक्तिहरुलाई उन्मुक्ति दिएर मुद्दा दर्ता गरिएको आरोप विपक्षी दलहरुले आरोप छ । विपक्षी दलहरुले अख्तियारले नै असमान व्यवहार गरेको भन्दै  आन्दोलनसमेत सुरु गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माइतीघर मण्डलामा विद्यार्थी उतारेर प्रदर्शन गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?