Comments Add Comment

उद्योगमन्त्री भट्ट भन्छन्– अब सुदूरपश्चिमबाट समृद्धिको घाम उदाउँछ

२५ माघ, कञ्चनपुर । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले यही सरकारले सुदूरपश्चिमको मुहार फेर्ने बताएका छन । कञ्चनपुरको दोधारामा प्रस्तावित सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री भट्टले यस्तो धारणा राखेका हुन् ।

प्रस्तावित बन्दरगाह क्षेत्रबाट भारतको राजधानी दिल्ली, मुन्द्रा र धाम्रा बन्दरगाह नजिकको दूरीमा रहेको भन्दै उनले कञ्चनपुरलाई प्रवेशविन्दु बनाएर सुदूरमा समृद्धिको ढोका खुलाएरै छाड्ने प्रतिबद्धता जनाए ।

‘पूर्व–पश्चिम राजमार्ग विस्तार तथा स्तरोन्नति र सरकारले बनाउने रेलमार्गको पहुँचलाई माहाकालीको पुल हुँदै भारतमा जोड्छौं,’ मन्त्री भट्टले भने । कञ्चनपुरको सिसैय दैजी छेलामा निर्माण हुने औद्योगिकक्षेत्र र दोधाराको आईसीपी तथा बन्दरगाह सरकारको उच्च प्राथमिकता रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै वाणिज्य सचिव डा. वैकुण्ठ अर्यालले भारत उत्तर प्रदेशको चम्पावत जिल्ला र नेपालको दोधरा चाँदनी सीमाको पञ्चभोजमा सुख्खा बन्दरगाह र एकीकृत जाँच चौकी सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।

बन्दरगाह र आईसीपी निर्माण हुने क्षेत्रको पहिलो चरणको अध्ययन सकिएको छ । सुख्खा बन्दरगाहको लागि जोगबुडा खोला किनाराको जंगल क्षेत्रमा तत्कालका लागि २५० विगाह जमिन प्रयोग गर्न सकिने अध्ययनमा देखिएको छ । बन्दरगाह र भारतसँगको कनेक्टिभिटीकै लागि सरकारले महाकालीमा ४ लेनको ८ सय मिटर लामो पक्की पुल निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment