Comments Add Comment

ग्लोबल आइएमईको दोस्रो त्रैमाससम्ममा खुद मुनाफा २ अर्व १४ करोड

२६ माघ, काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु. २ अर्व १४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफामा साविकको जनता बैंक नेपाल लि.को २०७६ मंसिर १९ सम्मको मुनाफा समेत समावेश भएको छ ।

ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल एकआपसमा गाभिई गत मंसिर २० गतेदेखि एकीकृत कारोबार शुरु भएको थियो ।

मर्जर पश्चात्ग्लोबल आइएमई बैंक पूँजी तथा व्यवसायको हिसावले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ । हाल बैंकको प्राथमिक पूँजी रु. २४ अर्व ८७ करोड, कुल पूँजी रु. २८ अर्व १६ करोड, कुल निक्षेप रु. २ खर्व १३ अर्व र कर्जा तथा ऋण लगानी रु. १ खर्व ९८ करोड भन्दा बढी पुगेको छ ।

बैंकले हाल देश तथा विदेशमा रहेका आफ्ना ८१७शाखा तथा सेवा संजाल मार्फत १९ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

हाल बैंकले२७० शाखा, २५७ एटिएम, ३८एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ सेवामार्फत देशका ७० वटा जिल्लामा सेवा प्रदान गरिरहेको र यसै आर्थिक वर्षमा खोलिने थप ५९ शाखा सहित देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment