+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चीनका नेपालीलाई तत्काल उद्धार गर्न मानव अधिकार आयोगको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २६ गते १६:४७

२६ माघ, काठमाडौं । चीनबाट स्वदेश फर्किन चाहने नेपालीलाई तत्काल उद्धार गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।

आइतबार बसेको आयोगको बैठकले आफ्ना नागरिकलाई शीघ्र र सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउन निर्देशन दिने निर्णय गरेको हो ।

‘चीनको उक्त प्रान्तमा रहेका नेपाली नागरिकहरूको जीवन जोखिममा पर्नसक्ने तर्फ संवेदनशील भई उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण मिलाउन नेपाल सरकारलाई आयोग आग्रह गर्दछ’ बैठकपछि आयोगका सचिव वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगले चीनबाट नेपालीलाई स्वदेश फर्काउने विषयमा सरकारले गरिरहेको कामको जानकारी लिन परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवलाई आयोगमा बोलाउने निर्णय पनि गरेको सचिव भट्टराईले जानकारी दिए ।

चीनको हुवेई प्रान्तमा रहेका १८० नेपालीले स्वदेश फर्काउन चीनस्थित नेपाली दूतावासमा अपिल गरेका छन् । उनीहरुका अभिभावकले नेपालमा स्वास्थ्य, गृह र परराष्ट्र मन्त्रालयमा गई आफ्ना छोराछोरीलाई स्वदेश फर्काउन आग्रह गरिरहेका छन् ।

आयोगले चीनको हुवेई प्रान्तमा रहेका नेपालीको स्वास्थ्य अवस्थाको जानकारी लिन पनि सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?