+
+

कांग्रेसले संसद अवरोध नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २८ गते १२:२९

२८ माघ, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरोध नगर्ने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको सांसद डा. डिला संग्रौलाले जानकारी दिइन् ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरे यता कांग्रेसले संसद चल्न दिएको थिएन ।

बैठकको सुरुमा आफ्नो कुरा राख्ने र संसद सञ्चालन हुन दिने सूचना सभामुखलाई दिन लागेको डा. संग्रौलाले अनलाइनखबरलाई जानकारी दिइन् ।

कांग्रेस केन्द्रीय समितिको सोमबार बसेको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको थियो ।

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?