Comments Add Comment

तीन फरक क्लबबाट लिग जित्ने भाग्यमानी विराज

काठमाडौं । एउटा खेलाडीले कति पटक लिग जित्न सक्नछ भन्ने प्रशन् होइन एउटा खेलाडीले कति क्लबबाट लिग जित्न सक्छ । उत्तर दिन सहज छैन । एउटै राम्रो क्लबमा खेलिरह्यो भने एक भन्दा धेरै पटक लिग जितिएला । फरक क्लबबाट खेल्यो भने के होला ?

त्यसको उत्तर खोज्न धेरै टाढा जानुपर्दैन । नेपालमै भेटिन्छ । डिफेण्डर विराज महर्जनले तीन फरक क्लबबाट लिग जिते ।

शहीद स्मारक  ए डिभिजन लिग २०७६ मा शनिबार मछिन्द्रले नयाँ च्याम्पियन बन्दै इतिहास रच्दा विराज महर्जनले पनि तीद्द फरक क्लबबाट लिग जित्नै नयाँ इतिहास बनाए । उनले थ्री स्टार मनाङ मर्स्यादी र मछिन्द्र क्लबबाट लिग जिते ।

……

विराज यस सिजनभर नै पूर्ण फिट रहेनन् । उनी चोटले सताइएका थिए । लिगको अन्तिम खेल विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध थियो । उक्त खेल जिते मात्र मछिन्द्र च्याम्पियन हुन्थ्यो । विराज टिमका कप्तान थिए । तर पहिलो रोजाईमा परेनन् । विराज पछिका कप्तान सुजल श्रेष्ठ पनि चोटका कारण पहिलो रोजाईमा थिएनन् । दुवै खेलाडी बेन्चमा ।

तर जब खेल सकिएको ह्विसिल रेफ्री नविन्द्र महर्जनले बजाए त्यसबेला मैदानमा मछिन्द्रको कप्तानी आर्मब्याण्ड विराजको हातमा थियो । उनी ८१ औं मिनेटमा अर्का डिफेण्डर देवेन्द्र तामाङको स्थानमा मैदान प्रवेश गरे । आर्मब्याण्ड दीपकले नै लगाइरहेका थिए । तर अन्तिम समयमा दीपक राईलाई पनि बुद्धराज लिम्बुले रिप्लेस गरेपछि आर्मब्याण्ड विराजले लगाए ।

खेल सकिएलगत्तै विराजले नयाँ इतिहास बनाए तीन क्लबबाट ए डिभिजन लिग उपधि जित्ने खेलाडी । पछिल्लो दुई क्लबबाट त उनले कप्तानको आर्मब्याण्ड लगाएर विजेताको ट्रफी उचाले ।

नयाँ क्लबबाट पहिलो सिजनमै च्याम्पियन बनेपछि विराज खुशी साटिरहेका थिए । फरक क्लबबाट उपाधि जितेकामा बधाई दिँदा विराजले आफूले तीनवटा क्लबबाट लिग जितिसकेको बताए । ‘एकदमै खुशी छु । मेरो लागि यो एकदमै सौभाग्यको कुरा हो । यस्तो अवसर सबै खेलाडीले पाउँदैनन् । तीन क्लबबाट उपाधि जित्न पाउदा आफैंलाई भाग्यमानी ठानेको छु ।’ तीन फरक क्लबाट लिगको उपाधि जितेपछि विराजले भने ।

विराजले घरेलु फुटबलमा जम्मा तीन क्लबबाट खेले । अनि तीनवटै क्लबबाट च्याम्पियन भए । सन् २००७ मा उनी एन्फा एकेडेमीबाट ग्र्याजुएट भएपछि नेपालकै चर्चित क्लब थ्री स्टारमा अनुबन्ध भएका थिए । त्यसबाट क्लबबाट उनले पाँच वर्षपछि सन् २०१२/१३ (२०६९ साल) को सिजनमा लिग जिते ।

झण्डै एक दशक थ्री स्टारमा बिताएपछि विराज २०१६  मा नेपालकै अर्को चर्चित क्लब मनाङ मर्स्याङ्दीमा अनुबन्ध भए । मनाङबाट पनि उनले गत सिजन लिगको उपाधि जिते । यस पटक उनले कप्तानको रुपमा उपाधि जितेका थिए ।

गत वर्ष च्याम्पियन टिम मनाङबाट विराजसहित गोलकिपर विशाल श्रेष्ठ, मिडफिल्डरहरु विशाल राई, सुजल श्रेष्ठ, हेमन गुरुङ फरवार्ड दिपक राई अनी विदेशी खेलाडी सोमिडे एडालाजाले पनि यस सिजन मछिन्द्र क्लबाट लिग खेले ।

हेमन ब्रिगेड विरुद्धको पहिलो खेलपछि नै अष्ट्रेलिया लागे । यस्तै गत वर्ष अन्य क्लबाट लिग खेलेका अनी एएफसी कप मनाङबाट खेलेका अभिषेक रिजाल र देवेन्द्र तामाङ पनि यस सिजन मछिन्द्रमै गए । अभिषेक ७ खेलपछि माल्दिभ्स लागे ।

विराजसंगै दुई विशाल सुजल र दिपक राईले लगातार दुई फरक क्लबबाट लिग जिते । अनि विशाल श्रेष्ठ विशाल राई र सुजल श्रेष्ठले भने लगातार तेस्रो उपाधि जिते । दुई विशाल र सुजलले २०७० सालमा मनाङबाट लिग जितेका थिए । उनीहरुले मनाङबाट लगातार दुई लिग समेत जितेका छन् ।

यसबाहेक मछिन्द्रले थ्री स्टारबाट रन्जित धिमाल विजय धिमाल बुद्ध चेम्जोङ  विदेशी खेलाडी पिटर सेगुन अनी गत सिजन पुलिसबाट लिग खेलेका पछि थ्रीस्टारबाट नकआउट टुर्नामेन्ट खेलेका रेजिन सुब्बालाई समेत क्लब भित्र्याएको थियो ।

मछिन्द्रले दुई विदेशीसहित नाम चलेका १५ खेलाडीलाई भित्र्याएर लिगको शुरुवातदेखि नै उपाधि जित्ने लक्ष्य बनाएको थियो ।  हेमन शुरुमै अनि अभिषेक बीचमा विदेश लाग्नु अनि भएका खेलाडीहरु पनि चोट लाग्नुले मछिन्द्रलाई झडका लागेको थियो । तर मछिन्द्रले उपाधिको लक्ष्य अनुसार र खेलको नतिजा निकाल्दै च्याम्पियन छवि देखायो ।

अन्तिम खेलमा त विमल घर्ती मगरसमेत आए । उनी ९० दिनको निलम्बन सकेर फुटबलमा फर्के । अनि मछिन्द्रबाट अन्तिम खेल मात्रै खेल्दै पहिलो पटक लिग उपाधि जित्न सफल भए ।

विस २०२९ सालमा स्थापना भएको मछिन्द्रले २०६ सालदेखि लगातार ए डिभिजन लिग खेलिरहेको छ र यस सिजन उपाधि उचालेको छ ।

त्यसको लिडर रहेका विराजले मछिन्द्रका लागि यो खुशीको दिन भएको सुनाए । ‘यो मछिन्द्रको लागि सबैभन्दा ठूलो खुशीको दिन हो । क्लबले फुटबलमा जुन लगानी गरेको छ  । त्यसको प्रतिफल दिन पाउँदा हामी खेलाडीहरु एकदमै खुशी छौं’ विराजले भने, ‘फुटबलमा लगानी गरेका त्यसको नतिजा प्राप्त हुन्छ भन्ने यो उदाहरण हो ।’

विराजले तीन क्लबबाट उपाधि जिते तर कुन महत्वपूर्ण भनेर छुट्याएनन् । उनले कुनैलाई माथि राखेनन् र सबै ट्रफी आफ्ना लागि समान भएको बताए । ‘म तीनवटै क्लबबाट जितेको ट्रफीमध्ये एउटा महत्वपूर्ण भनेर छुट्याउन सक्दिन । मेरो लागि तीनवटै उत्तिकै महत्वपूर्ण छन्न ।’ विराजले भने ।

क्लबमा मात्र नभएर विराट राष्ट्रिय टिमबाट पनि सफल खेलाडी र कप्तान भइसकेका खेलाडी हुन् । उनकै कप्तानीमा नेपालले दुई  उपधि जित्यो भने एकपटक टिमका सदस्य थिए ।

नेपालले २०१६ मा बंगलादेमा बंगबन्धु गोल्डकप जित्दै उपाधि यात्रा शुरु गर्दा उनी नै कप्तान थिए । लगत्तै भारतमा नेपालले १२औं सागको स्वर्ण जित्दा नेपालको यू २३ टिमका कप्तान उनै विराज थिए । नेपालले एएफसी सोलिडारटी कप जित्दा भने टिमको कप्तान अनिल गुरुङ थिए । तर अनिल बेन्चमै रहँदा विराझले नै नेपालको कप्तानी आर्मब्याण्ड लगाएका थिए । क्लबबाट तीन उपाधि राष्ट्रिय टिमबाट तीन उपाधि उमेर तीन दशक मात्र भयो ।

अबको योजना

विराज अहिले राष्ट्रिय टिममा समेत पर्न छाडेका छन् । उनको स्थान लिने अरु खेलाडीहरु समेत आइसके । नेपालले क्लब र राष्ट्रिय टिमबाट पनि सफलताको स्वाद चाखिसके । नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि उनकै नाममा छ । पछिल्लो समय भने चवट र फिटनेसका कारण उनी राष्ट्रिय टिममा पर्न सकेका छैनन् ।

अब उनी राष्ट्रिय टिममा फर्केर खेल्ने भन्दा पनि सुदख बिदाईको पर्खाईमा छन् । अन्तर्राष्ट्रिय करियरलाई सुखद अन्त्य गर्न चाहन्छन्  र त्यसको प्रतिक्षामा छन् । अब राष्ट्रिय टिममा फर्केर खेल्ने भन्दा पनि उनी नयाँ खेलाडीलाई स्थान दिन चाहन्छन् । ‘सबै खेलाडीको आफ्नो समय आउँछ । मैले मेरो जिम्मेवारी पूरा गरिसकेँ । अब राष्ट्रिय टिममा आउनेभन्दा पनि नयाँ पुस्तालाई स्थान दिनुपर्छ भन्ने लाग्छ ।’  विराजले भने, ‘म सेफ ल्याण्डिङको सोचमा छु र सबैलाई खुशी पारेर जानेछु ।’

उनले यसबारे नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फालाई पनि जानकारी गराइसकेका बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment