+
+

मोस्ट वान्टेड दावा लामाका सहयोगी सत्यमान पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ६ गते ११:२०

७ फागुन, काठमाडौं । नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् ।

मादक पदार्थ सेवन गरी प्रहरीसँग विवाद गरेको अभियोगमा प्रहरीले उनलाई होटल सांग्रिला अगाडिबाट नियन्त्रणमा लिएको हाे ।

महाराजगञ्ज प्रहरी प्रमुख डीएसपी उमेश लम्सालले भने, ‘थप अनुसन्धान गरिरहेका छाैं ।’

काभ्रेको तेमाल गाउँपालिका–६, स्थायी घर भई बालुवाटार बस्दै आइरहेका तामाङ यसअघि असार १७ गते ठगी आरोपमा पक्राउ परेका थिए ।

त्यसअघि ०७५ असार २८ मा किसानको माला लुटेको आरोपमा उनी समातिएका थिए । तर, सांसद् नवीना लामाले उनलाई छुटाएकी थिइन् ।

प्रहरीका अनुसार, उनी ‘क’ वर्गका गुण्डा हुन् । गुण्डागर्दीको आडमा उनले लुटपाट, अवैध डलरलगायतको कारोबार गर्ने गरेको प्रहरी भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?