Comments Add Comment

आराध्यदेव शिवको ज्ञान : परिवर्तनको लागि आवश्यक छ ध्यान

पूर्वीय मान्यता अनुसार भगवान शिव आराध्यदेव एवं देवताहरुमा पनि शक्तिशाली देवताको रुपमा मानिन्छ । पृथ्वीको संहारकर्ताको रुपमा मानिने उनको छवि सुरुमा रौद्र रहेकोले ऋग्वेदमा उनलाई रुद्रको रुपमा चिनाइएको पाइन्छ । त्यतिबेला उनको स्तुति पनि रुद्रको रुपमा गर्ने गरिएको थियो ।

शिवको दर्शन र जीवनको कथा धेरैले आस्था र भक्तिका साथ अध्ययन र मनन् गर्ने गरेको पाइन्छ । शिवको उपदेशको रुपमा विभिन्न ग्रन्थहरु लेखिएका छन् । शिवका अनमोल ग्रन्थहरुलाई आगम ग्रन्थमा उल्लेख गरिएको छ । शिवको अनमोल भनाइहरुलाई उल्लेख गरिएको सो आगम ग्रन्थमा २८ आगम र १५० उपआगम समेटिएको छ ।

आगम भनेको ज्ञान प्राप्ति हो । परम्परागत रूपमा शैववादमा यस्तै आगमहरुको आधारमा आफ्ना कर्महरु तय गरिन्थे । शिव पुराण, शिव संहिता, शिव सूत्र, महेश्वर सूत्र र विज्ञान भैरव तन्त्र जस्ता विविध ग्रन्थहरुमा पनि शिवका अनमोल शब्दहरु पाउन सकिन्छ ।

कल्पना ज्ञानभन्दा महत्वपूर्ण छ

ज्ञानभन्दा कल्पनाशक्ति बढी महत्वपूर्ण छ भन्ने भनाई आइन्सटाइनभन्दा पहिले शिवले दिएको उपदेशमा उल्लेख गरिएको छ । हामी जस्तो कल्पना वा विचार गर्छाैं त्यस्तै बन्छौं । सपना पनि कल्पना हो । यसको मतलव यो हो कि हामीले सही कल्पना र विचार राख्यौं भने हामीहरुको कर्म सही हुन्छ र त्यसको परिणाम पनि सही हुन्छ । धेरै व्यक्तिहरू आफ्नो बारेमा वा अरुको बारेमा समेत नराम्रो सोचाई वा विचार राख्छन् । यही नराम्रो सोचाईका कारण नै आज संसार आतंकित र आपराधिक बन्ने गरेको छ ।

परिवर्तनको लागि आवश्यकता छ ध्यान

संसारमा मानिसलाई बदल्नु छ भने त्यसको प्रामाणिक विधि बिना यसको बदलाव सम्भव छैन । केवल प्रचार गरेर मात्रै परिवर्तन हुँदैन । भगवान शिवले अमरनाथ गुफामा माता पार्वतीलाई उद्धारको शिक्षा दिएका थिए । यसमा परिवर्तनको बारेमा उल्लेख गरिएको छ । पार्वती र शिवबीचको संवाद ‘विज्ञान भैरव तंत्र’ मा उल्लेख गरिएको छ ।

शून्यतामा प्रवेश गर्नुपर्छ

भैरव तन्त्रको विज्ञानमा, शिवले पार्वतीजीलाई भन्छन्, ‘निराधार, शाश्वत र निश्चल आकाशमा प्रवेश गर्नुहोस् ।’ त्यो तपाईंभित्र नै छ । भगवान शिव भन्छन् – ‘वामो मार्गः परमगहनो योगितामप्यगम्यः’ अर्थात् बायाँ मार्ग अत्यन्त गहन छ । योगीहरुको लागि पनि यो अगम्य छ । भगवान शिवको योगलाई तन्त्र वा वामयोग पनि भनिन्छ । यसको एक शाखा हठ योग हो ।

मानिसहरु पशुवत् हुन्छन्

जबसम्म मानिसमा राग, द्वेष, ईष्र्या, बेइमान, अपमान र हिंसा जस्ता धेरै पशुवादी सोचहरु हुन्छन् । त्यतिबेलासम्म उनीहरु जनावरको एक हिस्सा समान हुने गर्छन् । पशुवादबाट मुक्तिका लागि भक्ति र ध्यान आवश्यक छ ।

भगवान शिवले भने अनुसार मान्छेहरु आफैंमा एक संग्रहालय हुन् । मानिस त्यस्तो पशु हो जसमा सबै प्रकारका पशु र चराचुरुहरुको स्वाभाविक पाउन सकिन्छ । मानिस ठ्याक्कै मानिस जस्तो नै छैन । मानिसमा दिमाग धेरै सक्रिय भएको कारण उसलाई एक मानिस भनिएको हो । किनकि ऊ आˆनो दिमागले काम गर्छ ।

मर्न सिक्नुहोस्

यदि तपाईं जीवनमा केही जान्न चाहानुहुन्छ भने त्यो भन्दा पहिले मर्न सिक्नुपर्छ । जसले मर्न सिक्छ उसले कसरी सुन्दर जीवन बिताउने भन्ने जानकारी राख्दछ ।

गायत्री मन्त्र

‘गायत्री-मञ्जरी’ मा ‘शिव-पार्वती संवादहरू’ पाउन सकिन्छ । जसमा भगवती सोध्छिन्- ‘हे भगवान ! तपाईं कुन योग उपासना गर्नुहुन्छ ? जसले तपाईंलाई पूर्ण प्राप्तितर्फ डोर्‍यायो ?’ उनले जवाफ दिए – ‘गायत्री वेदमाता हुन् र पृथ्वीकी पहिलो र सबैभन्दा ठूलो शक्ति हुन् । उनी संसारकी आमा हुन् । गायत्री भूलोककी कामधेनु हुन् । यसबाट सबै प्राप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment