Comments Add Comment

कल्पनामा शिव-शक्ति सर्किट

बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धकालीन सभ्यतासँग जोडिएका नेपालका सबै क्षेत्रहरुलाई एकीकृत गर्दै पर्यटकीय विकास गर्ने उद्देश्यले बृहत बुद्ध सर्किटको खाका अनुसार काम हुँदैछ । बुद्धसँग जोडिएका विभिन्न स्थलहरुमा जापान लगायतका मुलुकहरुले चासो दिएर विकास गर्नको लागि विभिन्न योजनाहरु बनाउँदै आएको छ । तर, नेपाल आफैंले अरु त्यस्ता धार्मिक पर्यटनको सम्भावना बोकेका क्षेत्रहरुमा पर्यटन विकासको काम अघि बढाएको देखिँदैन ।

नेपाल यस्तो क्षेत्र हो जहाँ भगवान शिव र शक्तिसँग जोडिएका ठाउँहरुलाई नै शिव-शक्ति सर्किटको रुपमा विकास गर्ने हो भने पर्यटकीय हिसाबले निकै प्रभावकारी हुने देखिन्छ । लुम्बिनीलाई केन्द्रमा राख्दै जसरी बुद्धसँग जोडिएका कपिलबस्तु, रुपन्देही र नवलपरासीका बुद्धकालीन सम्पदाहरुलाई सर्किटको रुपमा विकास गर्ने तयारी भइरहेको छ ।

त्यसरी नै शिवले यात्रा गरेको र शक्तिपीठको रुपमा रहेको कुरालाई शिव सर्किटको रुपमा विकास गर्न सकिने देखिन्छ । पूर्वदेखि पश्चिमसम्म र उत्तरदेखि दक्षिणसम्मका शैव धार्मिक केन्द्रहरुलाई जोड्ने एउटा शैव पथको परिकल्पना आवश्यक रहेको देखिन्छ ।

अहिले बौद्ध धर्मालम्बीहरुको केन्द्र लुम्बिनीदेखि हिन्दूहरुको आस्थाको केन्द्र कैलाश मानसरोवरसम्मको रुटलाई बृहद् बौद्ध सर्किटको रुपमा समेटिएको छ । तर, नेपालभित्रका धार्मिक सम्पदाहरुलाई मात्रै शिव सर्किटको रुपमा तयार पार्ने हो भने यो एउटा छुट्टै पर्यटकीय गन्तव्यको रुपमा यसको विकास हुने देखिन्छ ।

कहाँ कहाँ हुनसक्छ शिव सर्किटको गन्तव्य ?

प्राचीन कालमा जतिबेला पर्यटनको चेत सुरु भयो । आदि शंकराचार्यले चारधामको चलन चलाए । आम हिन्दूधर्मालम्वीहरुलाई जीवनमा एक पटक चारधाम जानै पर्ने सोचाईको विकास गराए । जसका कारण अहिलेसम्म पनि जीवनकालमा एक पटक चारधाम पुग्नै पर्ने चेत धेरैमा छ । यो आफैंमा एउटा हिन्दू सर्किट हो । जुन भारतको चार दिशामा फैलिएको छ ।

त्यस्तै, धार्मिक चेतले पनि पर्यटनको विकास र आर्थिक लाभ हुने गर्छ । अहिले प्राचीन कालदेखि चल्दै आएका शक्तिपीठहरु दक्षिण एशियाली मुलुकहरुकै आसपासमा सञ्चालित छन् । दक्षिण एशियामा रहेका कूल ५१ शक्तिपीठहरु मध्ये भारतमा ३८ वटा, बंगलादेशमा ५ वटा, नेपालमा ३ वटा, पाकिस्तानमा २ वटा, भुटानमा एउटा, श्रीलंकामा एउटा र तिब्बतमा एउटा शक्तिपीठ रहेका छन् ।

कूल १८ महाशक्तिपीठहरु मध्ये भारतमा १६ वटा, पाकिस्तानमा एउटा र श्रीलंकामा एउटा महाशक्तिपीठ रहेका छन् ।  चार आदि शक्तिपीठ र १२ ज्योतिलिंगहरु भने सबै भारतमा नै रहेको पाइन्छ ।

कूल ५१ शक्तिपीठहरुमध्ये नेपालमा रहेका २ शक्तिपीठहरुमा मुस्ताङको मुक्तिनाथ, गुहृयेश्वरीको महाशिरा र मिथिलाको उमालाई ३ शक्तिपीठको रुपमा मान्ने गरिन्छ । यसमध्ये पनि मिथिला क्षेत्रमा बायाँ काँध पतन भएको थियो ।

धार्मिक मान्यताअनुसार सतीदेवीको अङ्ग पतन भएको स्थानलाई हामीहरु शक्तिपीठ भन्ने गर्छाैं । शक्तिपीठको विषयमा विभिन्न किमिसका मतहरु पाइन्छ । कसैले रुखको ओत भएको, मसानघाट नजिकै भएको, अष्टमातृकाको बसोबास भएको जस्ता स्थानलाई समेत शक्तिपीठ मानिनुपर्ने तर्क पनि गरेका छन् । यद्यपि पूर्वीय दर्शनले भगवान र उनको स्त्री स्वरुपलाई शक्ति मान्ने गरिन्छ । तिनै शक्ति स्वरुप सतिदेवीको विभिन्न अंग पतन भएको ठाउँलाई शक्तिपीठको रुपमा मान्ने गरिन्छ ।

शिव सर्किटका मुख्य स्थानहरु :

टुँडालदेवी – काठमाडौं, गुहृयेश्वरी – काठमाडौं, तलेजुभवानी – काठमाडौं, दक्षिणकाली भगवती – काठमाडौं, बज्रयोगिनी – काठमाडौं, शोभाभगवती – काठमाडौं, विजेश्वरी – काठमाडौं, इन्ऽायणी – काठमाडौं, नरदेवी – काठमाडौं, नक्शाल भगवती – काठमाडौं, कंकेश्वरी – काठमाडौं, मैतीदेवी – काठमाडौं, कमलाक्षी – काठमाडौं, कालिकास्थान – काठमाडौं, सङ्कटा –

काठमाडौं, भद्रकाली – काठमाडौं, रक्तकाली – काठमाडौं, मनमानेश्वरी – काठमाडौं, जालपादेवी – काठमाडौं, बंगलामुखी – ललितपुर, बज्रबाराही – ललितपुर, दन्तकाली – धरान, छत्रेश्वरी – सल्यान, मनकामना – गोरखा, गलेश्वरी – म्याग्दी, ज्वालापादेवी – दैलेख, बागेश्वरी – नेपालगञ्ज, देवलहाट मन्दिर – बैतडी, गजरा मन्दिर – अछाम, कालिकादेवी – लमजुङ, सुर्मासरोवर – बझाङ, बडीमालिकास्थान – बाजुरा, चन्दननाथ दत्रात्रय – जुम्ला, त्रिपुरा सुन्दरी – डोल्पा, शिरस्थानदेवी – दैलेख, खैरावाङदेवी – सल्यान, देवीस्थान भगवती – वाग्लुङ, माईपोखरी – इलाम, अर्घाकोट भगवती – अर्घाखाँची, त्रिवेणी – नवलपरासी, कन्काई माई – झापा, स्वर्गद्वारी – प्युठान, पैक मन्दिर – जाजरकोट, छाब्दी बाराही – तनहुँ, तौथलीमाई – सिन्धुपाल्चोक, विन्ध्यवासिनी – पोखरा, पलाञ्चोक – काभ्रे, मैदी – धादिङ, छिन्ताङ भगवती – धनकुटा, पाथीभरा देवी – ताप्लेजुङ, छिन्नमस्ता भगवती – सप्तरी

शिव सर्किटको मार्ग हुनसक्ने क्षेत्रहरु

जसरी परापूर्वकालको व्यापार मार्गलाई पहिलेको जस्तै सञ्चालनमा ल्याउनको लागि चीन प्रयासरत छ । त्यसरी नै शिव सर्किटको विषय पनि चर्चामा आउन सक्छ । तत्कालीन समयमा शिव कुन बाटो हुँदै कता गए भन्ने कुरा शास्त्र अनुसार फरक फरक पाउन सकिन्छ । स्कन्ध पुराणमा लेखिएका धेरै ठाउँको नाम परिवर्तन भइसकेकोले यी ठाउँहरुको बारेमा सबै जानकारी पाउन मुस्किल छ ।

तर, सबैलाई पायक पर्ने दृष्टिले हेर्दा यो सर्किट काठमाडौंबाट सुरु गरेर पूर्वमा पाथीभरा र पश्चिममा भेगमा रहेको पाथीभराबाट शिव सर्किटको यात्रा सुरु गर्न सकिन्छ । काठमाडौंको पशुपतिनाथबाट सुरु गरेर, गुहृयेश्वरी, साँखुमा रहेको वज्रयोगिनी, टुँडालदेवी, मनमानेश्वरी, नक्साल भगवती, नरदेवी, इन्द्रायणी शोभा भगवती, विजेश्वरी, छत्रेश्वरी जस्ता शक्तिपीठहरुको दर्शन गर्दै दक्षिणकालीसम्मको यात्रामा जान सकिन्छ । त्यससँगै फर्किएर ललितपुरमा रहेको बज्रबाराही र बंगलामुखीमा पनि दर्शन गर्न सकिन्छ ।

त्यसपछि अर्काे दिन काभ्रेको पलाञ्चोक भगवती र सिन्धुपाल्चोकको तौथलीमाईको दर्शन गर्दै त्यतैबाट पूर्वतिरको यात्रामा जान सकिन्छ । यसै जाँदैगर्दा सप्तरीमा रहेको छिन्नमस्ता र दन्तकालीको दर्शनपछि छिन्ताङ भगवतीको दर्शन गर्दै पाथीभरा जान सकिन्छ । पाथीभराको दर्शनपछि माईपोखरीको दर्शन गरेर कन्काई माईको दर्शन गरी पश्चिमतर्फको यात्रामा यसरी निस्कन सकिन्छ ।

विन्ध्यवासिनी – पोखरा,

देवीस्थान भगवती – वाग्लुङ,

गलेश्वरी – म्याग्दी,

कालिकादेवी – लमजुङ,

मुस्ताङ – मुक्तिनाथ

अर्घाकोट भगवती – अर्घाखाँची,

स्वर्गद्वारी – प्युठान,

छाब्दी बाराही – तनहुँ,

मनकामना – गोरखा,

त्रिवेणी – नवलपरासी,

छत्रेश्वरी – सल्यान,

खैरावाङदेवी – सल्यान,

त्रिपुरा सुन्दरी – डोल्पा,

चन्दननाथ दत्रात्रय – जुम्ला,

पैक मन्दिर – जाजरकोट,

ज्वालापादेवी – दैलेख,

शिरस्थानदेवी – दैलेख,

देवलहाट मन्दिर – बैतडी,

गजरा मन्दिर – अछाम,

सुर्मासरोवर – बझाङ,

बडीमालिकास्थान – बाजुरा,

यसरी शिव सर्किटको यो अवधारणा अनुसार अघि बढ्दा नेपालमा रहेका शक्तिपीठहरुको दर्शन गर्न जाने आन्तरिक पर्यटकहरुबाट र भारत लगायत देशबाट आउने शैवमार्गीहरुको लागि यो क्षेत्र महत्वपूर्ण मान्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment