+
+
Shares

मोडललाई बलि चढाउन खोजिएको प्रकरण : ६ जना कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ११ गते २०:३४

११ फागुन, काठमाडौं । मोडललाई बलि चढाउन खोजेको आरोपमा प्रहरीले पक्राउ गरेका ७ जनामध्ये ६ जनालाई कारागार चलान गरिएको छ ।

जिल्ला अदालत, काठमाडौंले भारतमा लगेर बलि चढाउन खोजिएको प्रकरणमा संलग्नमध्ये एक जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

सुनसरीका रञ्जितकुमार चौधरी धरौटीमा छुटेका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी एक साताअघि भएको आदेश अनुसार उनीहरुलाई सुन्धारास्थित केन्द्रीय कारागार चलान गरिएको बताउँछन् ।

बोगटीका अनुसार प्रकरणमा संलग्न दिलिप पोद्दार, कृष्ण तामाङ, उमेश शाह, दिलकुमारी बुढामगर, उमेश माझी र प्रेमा तामाङ कारागारमा छन् ।

यसअघि पीडित भनिएकी युवतीको चलाखीका कारण प्रहरीले चलाएको कोभर्ट अपरेशनका कारण यो गिरोह पुस दोस्रो साता समातिएको थियो । उनीहरुको साथबाट नगद एक लाख बराबरको चेक, धागो, कपडा, तान्त्रिक पूजा सामग्री लगायत बरामद भएको थियो ।

प्रहरीले ७ जनैविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा मुद्दा चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?