Comments Add Comment

खप्तड गोल्ड कप : आयोजक सुदूरपश्चिम–११ सेमिफाइनलमा

कैलाली । नेपालआइस सुदूरपश्चिमअन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्ड कपमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा भारतको कञ्चनजङ्घा फुटबल क्लबलाई ४–२ ले हराउँदै सुदूरपश्चिम–११ अन्तिम चारमा पुगेको हो । सुदूरपश्चिमको जितमा विक्रम सिंह ठकुरीले दुई गोल गरे भने फिलिप तामाङ र दीपेश श्रेष्ठले एक/एकगोल गरे । कञ्चनजङ्घाका अभिषेक दर्जी र छिरिङ तामाङले एक/एकगोल फर्काए ।

खेलको १० औं मिनेटमा विक्रमको गोलबाट घरेलु टिमले अग्रता बनायो । १९औं मिनेटमा आयोजकका लागि फिलिपले गोल गरे ।

खेलको २३ औं मिनेटमा विक्रमले व्यक्तिगत दोस्रो गोल गर्दा आयोजक सुदूरपश्चिम ३–० ले अघि रह्यो ।

खेलको २८ औं मिनेटमा कञ्चनजङ्घाका लागि अभिषेकले पेनाल्टी मार्फत गोल गरे ।सुदूरपश्चिमका धनबहादुर थापाले डी-बक्स भित्र अमीर लामालाई खराब ट्रयाकल गरेपछि पाएको पेनाल्टीको सदुपयोग अभिषेकले गरेका थिए । खेलको ३९ औं मिनेट कञ्चनजङ्घाका छिरिङले गोल गर्दा पहिलो हाफ ३–२ को अवस्थामा सकिएको थियो ।

खेलको ४६ औं मिनेटमा दीपेशले गोल गर्दै सुदुरपश्चिमलाई ४–२ को जितदिलाए ।
त्यसपछि दुवै टिमले गोल गर्ने प्रयासहरू गरे पनि सफल हुन सकेनन् ।

खेलको म्यानअफदीम्याचआयोजककाविक्रम चुनिए । उनले १० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरे ।

अब सुदूरपश्चिम– ११ ले फाइनल प्रवेशको लागि विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताको दोस्रो क्वाटर फाइनलमा बुधबार थ्री स्टार र नव जन जागृति क्लब बीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment