+

महिलामा थाइराइडको समस्या

२०७६ फागुन  १४ गते १०:४१ २०७६ फागुन १४ गते १०:४१
महिलामा थाइराइडको समस्या

थाइराइड ग्रन्थि घाँटीमा सास नलीभन्दा माथि भोकल कर्डको दुवैतिर हुन्छ । यसको आकार पुतली जस्तो हुन्छ । यो ग्रन्थि थाइराक्सिन नामक हार्मोन बनाउँछ । यस हार्मोनबाट शरीरको इनर्जी, प्रोटिन उत्पादन एवं अन्य हार्मोन्सप्रति हुने संवेदनशीलतालाई नियन्त्रण हुन्छ ।

थाइराइडको कारणले शरीरको रोग प्रतिरोधक क्षमता कम हुन्छ । त्यसैले शरीरमा समस्याहरु पैदा हुन्छन् । जब थाइराइड ग्रन्थिले बढि मात्रामा थाइराइड हार्मोन बनाउन थाल्छ, यसलाई हाइपरथाइराडिज्म भनिन्छ । जबकि हाइपोथाइराडिज्ममा थाइराइड हार्मोनको स्तर कम हुन्छ ।

महिलाहरुमा केही सामान्य लक्षणबाट यो रोगलाई पहिचान गर्न सकिन्छ । के हुन् त ती लक्षण ?

छिटो वजन बढ्नु

थाइराइडका कारण मेटाबोलिज्म पनि प्रभावित हुन्छ किनकी थाइरक्सिनले हाम्रो मेटाबोलिज्मलाई पनि नियन्त्रण गर्छ । मेटाबोलिज्मको प्रभावका कारण हामीले जे खाए पनि पूर्णरुपमा इनर्जीमा परिवर्तन हुन सक्दैन र अतिरिक्त बोसोको रुपमा जम्मा हुन्छ । अनि हाम्रो वजन बढ्न थाल्छ ।

कमजोरी र थकान

कमजोरी र थकान पनि थाइराइडका प्रमुख लक्षण हुन् । मेटाबोलिज्ममाथि थाइरिक्सनको प्रभावले जब खाना पूर्णरुपमा इनर्जीमा परिवर्तन हुँदैन, शरीरमा उर्जाको कमि हुन थाल्छ । त्यसपछि थकान तथा कमजोरी महसुस हुन्छ । यद्यपि, महिलाहरुमा थकान तथा कमजोरीको कारण एनिमिया पनि हुन सक्छ । त्यसैले तपाईंमा पनि यस्ता लक्षण छन् भने चिकित्सकलाई भेटौं ।

अनियमित महिनावारी

थाइराइडको समस्या हुँदा महिलाहरुको महिनावारीमा अनियमितता सुरु हुन्छ । धेरैजसो घटनामा यसले महिनावारीको अन्तराल बढ्छ र २८ दिनको साटो त्योभन्दा धेरै दिनमा महिनावारी हुन्छ ।

डिप्रेसन

थाइराइडको बिमारीका कारण डिप्रेसन पनि हुन सक्छ । यदि थाइराइड ग्रन्थिले कम मात्रामा थाइरक्सिन उत्पन्न गर्‍यो भने यसबाट डिप्रेसनवाला हार्मोन सक्रिय हुन्छ । डिप्रेसनको कारण राति निदाउन समस्या पर्छ ।

छाती दुख्ने

यदि तपाईंलाई हाइपथाइराइडिज्म भयो भने यसले कैयन् गम्भीर परिणाम ल्याउन सक्छ । यसको कारणले मुटुको धड्कन प्रभावित हुन्छ र धड्कन अनियमित पनि हुन सक्छ । धड्कनको यो अनियमितताले गर्दा बेस्सरी छाति दुख्न सक्छ ।

खाना नरुच्ने

थाइराइडको समस्या हुँदा बेस्सरी भोक लागेको बेला पनि खाना रुच्दैन । कहिले चाहिँ खाना रुच्दा रुच्दै पनि तीव्र रुपमा वजन घट्न थाल्छ । यो समस्याको कारण पनि शरीरको मेटाबोलिज्ममा असन्तुलन हो ।

जाडो वा गर्मी नसहनु

थाइराइडको समस्यामा मौसमको प्रभाव हाम्रो शरीरमा अत्यधिक देखिन्छ । यदि तपाईंलाई हाइपोथाइराडिज्म छ भने बढि चिसो शरीरले सहँदैन । यसैगरी यदि तपाईंलाई हाइपरथाइराडिज्म छ भने बढि गर्मी शरीरले सहँदैन ।

स्मरणशक्तिको समस्या

थाइराइडको कारण स्मरण शक्ति र सोच्ने बुझ्ने क्षमतामा पनि प्रभाव पर्छ । यसले स्मरणशक्ति कमजोर हुन सक्छ । यसका अलावा थाइराइडको समस्यामा व्यक्तिको अधैर्य हुन सक्छ ।

पेटको गडबडी

थाइराइड हुँदा पेटमा कब्जियत जस्ता गडबडी सुरु हुन्छन् । यसले गर्दा खाना पचाउनलाई समस्या पर्छ र साथै यस रोगमा खाना सजिलै घाँटीबाट छिर्दैन ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

साना कुकुरले टोक्दा रेबिज सर्दैन भन्ने बुझाइ गलत

साना कुकुरले टोक्दा रेबिज सर्दैन भन्ने बुझाइ गलत

क्यान्सरबारे सुनिने १० भ्रम र त्यसको सत्य

क्यान्सरबारे सुनिने १० भ्रम र त्यसको सत्य

मिर्गौलाको ‘फिल्टर’ बिग्रने रोग : के हो ग्लोमेरुलोनेफ्राइटिस र आईजीए नेफ्रोप्याथी ?

मिर्गौलाको ‘फिल्टर’ बिग्रने रोग : के हो ग्लोमेरुलोनेफ्राइटिस र आईजीए नेफ्रोप्याथी ?

बिहे गरेको २ वर्षसम्म बच्चा नभएपछि जाँच गर्दा पुरुषको पेटमा देखियो पाठेघर

बिहे गरेको २ वर्षसम्म बच्चा नभएपछि जाँच गर्दा पुरुषको पेटमा देखियो पाठेघर

सानो बच्चाले बारम्बार किन कान कोट्याउँछ ? हुन सक्छन् यस्ता समस्या

सानो बच्चाले बारम्बार किन कान कोट्याउँछ ? हुन सक्छन् यस्ता समस्या

गर्भपतन : कानुनले ढोका खोल्यो, अब बाटो पनि सुरक्षित हुनुपर्छ

गर्भपतन : कानुनले ढोका खोल्यो, अब बाटो पनि सुरक्षित हुनुपर्छ