+
+

महिलामा थाइराइडको समस्या

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १४ गते १०:४१

थाइराइड ग्रन्थि घाँटीमा सास नलीभन्दा माथि भोकल कर्डको दुवैतिर हुन्छ । यसको आकार पुतली जस्तो हुन्छ । यो ग्रन्थि थाइराक्सिन नामक हार्मोन बनाउँछ । यस हार्मोनबाट शरीरको इनर्जी, प्रोटिन उत्पादन एवं अन्य हार्मोन्सप्रति हुने संवेदनशीलतालाई नियन्त्रण हुन्छ ।

थाइराइडको कारणले शरीरको रोग प्रतिरोधक क्षमता कम हुन्छ । त्यसैले शरीरमा समस्याहरु पैदा हुन्छन् । जब थाइराइड ग्रन्थिले बढि मात्रामा थाइराइड हार्मोन बनाउन थाल्छ, यसलाई हाइपरथाइराडिज्म भनिन्छ । जबकि हाइपोथाइराडिज्ममा थाइराइड हार्मोनको स्तर कम हुन्छ ।

महिलाहरुमा केही सामान्य लक्षणबाट यो रोगलाई पहिचान गर्न सकिन्छ । के हुन् त ती लक्षण ?

छिटो वजन बढ्नु

थाइराइडका कारण मेटाबोलिज्म पनि प्रभावित हुन्छ किनकी थाइरक्सिनले हाम्रो मेटाबोलिज्मलाई पनि नियन्त्रण गर्छ । मेटाबोलिज्मको प्रभावका कारण हामीले जे खाए पनि पूर्णरुपमा इनर्जीमा परिवर्तन हुन सक्दैन र अतिरिक्त बोसोको रुपमा जम्मा हुन्छ । अनि हाम्रो वजन बढ्न थाल्छ ।

कमजोरी र थकान

कमजोरी र थकान पनि थाइराइडका प्रमुख लक्षण हुन् । मेटाबोलिज्ममाथि थाइरिक्सनको प्रभावले जब खाना पूर्णरुपमा इनर्जीमा परिवर्तन हुँदैन, शरीरमा उर्जाको कमि हुन थाल्छ । त्यसपछि थकान तथा कमजोरी महसुस हुन्छ । यद्यपि, महिलाहरुमा थकान तथा कमजोरीको कारण एनिमिया पनि हुन सक्छ । त्यसैले तपाईंमा पनि यस्ता लक्षण छन् भने चिकित्सकलाई भेटौं ।

अनियमित महिनावारी

थाइराइडको समस्या हुँदा महिलाहरुको महिनावारीमा अनियमितता सुरु हुन्छ । धेरैजसो घटनामा यसले महिनावारीको अन्तराल बढ्छ र २८ दिनको साटो त्योभन्दा धेरै दिनमा महिनावारी हुन्छ ।

डिप्रेसन

थाइराइडको बिमारीका कारण डिप्रेसन पनि हुन सक्छ । यदि थाइराइड ग्रन्थिले कम मात्रामा थाइरक्सिन उत्पन्न गर्‍यो भने यसबाट डिप्रेसनवाला हार्मोन सक्रिय हुन्छ । डिप्रेसनको कारण राति निदाउन समस्या पर्छ ।

छाती दुख्ने

यदि तपाईंलाई हाइपथाइराइडिज्म भयो भने यसले कैयन् गम्भीर परिणाम ल्याउन सक्छ । यसको कारणले मुटुको धड्कन प्रभावित हुन्छ र धड्कन अनियमित पनि हुन सक्छ । धड्कनको यो अनियमितताले गर्दा बेस्सरी छाति दुख्न सक्छ ।

खाना नरुच्ने

थाइराइडको समस्या हुँदा बेस्सरी भोक लागेको बेला पनि खाना रुच्दैन । कहिले चाहिँ खाना रुच्दा रुच्दै पनि तीव्र रुपमा वजन घट्न थाल्छ । यो समस्याको कारण पनि शरीरको मेटाबोलिज्ममा असन्तुलन हो ।

जाडो वा गर्मी नसहनु

थाइराइडको समस्यामा मौसमको प्रभाव हाम्रो शरीरमा अत्यधिक देखिन्छ । यदि तपाईंलाई हाइपोथाइराडिज्म छ भने बढि चिसो शरीरले सहँदैन । यसैगरी यदि तपाईंलाई हाइपरथाइराडिज्म छ भने बढि गर्मी शरीरले सहँदैन ।

स्मरणशक्तिको समस्या

थाइराइडको कारण स्मरण शक्ति र सोच्ने बुझ्ने क्षमतामा पनि प्रभाव पर्छ । यसले स्मरणशक्ति कमजोर हुन सक्छ । यसका अलावा थाइराइडको समस्यामा व्यक्तिको अधैर्य हुन सक्छ ।

पेटको गडबडी

थाइराइड हुँदा पेटमा कब्जियत जस्ता गडबडी सुरु हुन्छन् । यसले गर्दा खाना पचाउनलाई समस्या पर्छ र साथै यस रोगमा खाना सजिलै घाँटीबाट छिर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?