Comments Add Comment

दुई विदेशी फुटबलरलाई एन्फाको जरिवाना

काठमाडौं । नेपालमा फुटबल खेल्दै आएका दुई विदेशी फुटबलरलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जरिवाना गरेको छ ।

एन्फाले सरस्वती युथ क्लबबाट ए डिभिजन लिग खेलेका काजिम बुसारी र ब्रिगेड ब्वाइजबाट ए डिभिजन खेलेका ताजुदीन बुसारीलाई जरिवाना गरेको जनाएको छ ।

एन्फाको खेलाडी अनुबन्ध नियम २०७६ र मोफसल फुटबल प्रतियोगिता नियम २०७६ विपरित मोफसलको प्रतियोगिता खेलेको भन्दै एन्फाले उनीहरुलाई जरिवाना गरेको हो ।

दुवै खेलाडीले मोफसलमा च्यासलबाट राइनो गोल्डकप र सताक्षी स्पोर्ट्स क्लबबाट सताक्षी गोल्डकप खेलेको जनाएको छ । यो नियम विपरीत भएको भन्दै एन्फाले जरिवाना गरेको हो ।

दुवै खेलाडीले जरिवाना वापत नगद २५ हजार रुपैयाँ बुझाउनुपर्ने छ ।

एन्फाले ए डिभिजन लिग खेलेका खेलाडीको अनुबन्ध जेठ २०७७ सानसम्म रहने नियम रहेको जनाएको छ । नियम अनुसार एउटा क्लबले नेपाली खेलाडी दुई क्लब र विदेशी खेलाडी एक क्लबमा लोनमा पठाउन सक्नेछ ।

तर यी दुई विदेशी खेलाडीले नियमविपरित मोफसलमा दुई क्लबबाट खलेको एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment