+
+

कोरोना संक्रमणको आशंकामा फेरि दुई जना टेकु अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २० गते १९:२२

२० फागुन, काठमाडौं । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना (कोभिड१९) को आशंकामा मंगलबार फेरि दुई जनालाई भर्ना गरिएको छ ।

कोरोना संक्रमणको आशंकमा दुई जनालाई आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले अनलाइनखबरलाई जानकारी दिए ।

बास्तोलाका अनुसार आइसोलेसनमा राखिएका दुई जना बिरामी मध्ये एक जना दक्षिण कोरिया र अर्का मध्यपूर्वबाट आएका हुन् ।

कोरोना संक्रमणको आशंकमा गत आइतबार भर्ना भएका ४ जना रिपोर्ट भने नेगेटिभ आएपछि चारै जनालाई मंगलबार अस्पतालले डिस्चार्ज दिएको छ । डिस्चार्ज हुने चारै जना नेपाली नागरिक हुन् ।

डिस्चार्ज भएका एक जना चीनबाट र अर्का तीन जना दक्षिण कोरियाबाट फर्केका व्यक्ति थिए । दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६५ भन्दा बढी देशमा फैलिइसकेको छ । दक्षिण कोरिया, इरान र इटालीजस्ता देशहरुमा पनि मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?