Comments Add Comment

युईएफए नेशन्स लिगको ड्र सार्वजनिक

२१ फागुन, काठमाडौं । साविक विजेता पोर्चुगलले युईएफए नेसन्स लिग २०२०-२१ मा विश्वकप विजेता फ्रान्स र उपविजेता क्रोएसियासंग प्रतिस्पर्धा गर्ने भएको छ ।

युईएफले सार्वजनिक गरेको समूह विभाजन अनुसार पोर्चुगल लिग ए को समूह सी मा छ । यस समूहमा फ्रान्स र क्रोएसियासंगै स्वीडेन पनि छन् ।

युईएफले सार्वजनिक गरेको ड्र अनुसार लिग ए मा चार समूह छन् । जसमा ४-४ टिम छन् । यसअघि ३-३ टिम रहेकोमा युईएफले यस पटक परिवर्तन गरेको हो ।

लिग ए को समूह ए मा नेदरल्यान्ड्स, इटाली, बोस्निया एण्ड हर्जगोभिना र पोल्यान्ड छन् ।  समूह बी मा इङ्ल्यान्ड, बेल्जियम, डेनमार्क र आइसल्यान्ड छन् । समूह सी मा पोर्चुगल, फ्रान्स, स्वीडेन र क्रोएसिया छन् भने समूह डी मा स्वीट्जरल्यान्ड, स्पेन, यक्रेन र जर्मनी छन्

यस्तै लिग बी मा पनि ४-४ टिमको चार समूह छ । जसअनुसार समूह ए मा अस्ट्रिया, रोमानिया, नर्दन आयरल्यान्ड  र नर्वे छन् ।

समूह बी मा इजरायल, स्लोभाकिया, स्कटल्यान्ड र चेक गणतन्त्र छन् । समूह सी मा हंगेरी, टर्की, सर्विया र रुस छन् भने समूह डी मा वेल्स, बुल्गेरिया, आयरल्यान्ड र फिनल्यान्ड छन् ।

लिग सी मा पनि चार समूह छन् । लिग सी को समूह ए मा अजरबैजन, लक्जेमबर्ग, साइप्रस र मोन्टेनेग्रो छन्, समूह बी मा अर्मेनिया, इस्टोनिया, उत्तरी म्यासेडोनिया र जर्जिया, समूह सी मा माल्डोभा, स्लोभेनिया, कोसोभो र ग्रिस र समूह डी मा काजकिस्तान, लिथुनिया, बेलारुस र अल्बानिया छन् ।

यस पटक लिग डी मा दुई समूह मात्र छ र जम्मा ७ टिम छन् । लिग डी को समुह एमा माल्टा, एन्डोरा, लात्भिया र फारोई आइसल्यान्ड छन् भने समूह बी मा सामारिनो, लिचेस्टाइन र जिब्राल्टर छन् ।

युइएफए नेशन्स लिगको खलहरु सेप्टेम्बर पहिलो साता देखि शुरु हुनेछ । खेल तालिका भने युईएफले केही समयपछि सार्वजिक गरिने जनाएको छ । यस्तै फाइनल जुन २०२१ मा हुनेछ ।

यस पटक युईएफले लिग ए र लिग बी मा सहभागी संख्या बढाएर १६ टिम बनाएको  छ । लिग ए को चारवटै समूहको विजेताले फाइनल चरणमा स्थान बनाउनेछन् भने पुछारमा रहने टिम लिग बी मा घटुवा हुनेछन् ।

नेसन्स लिगको समूह विजेता भएर पनि विश्व कप र विश्वकप प्लेअफमा छनोट नभएका टिमले १२ टिमबीच हुने विश्वकप प्लेअफमा स्थान बनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment